झापा । 

झापाका दुई युवाहरुको नेतृत्वमा उद्यमीहरुको सञ्जाल बन्ने भएको छ । झापाली युवा सन्दिप गिरी र अर्जुन उप्रेतीको नेत्तृत्वमा युवाहरुलाई लक्षित गरी तीनै स्तरबाट उद्यमीहरुको संख्या वृद्धि गर्न सञ्जाल बन्ने भएको हो ।

सञ्जालको नाम ‘बिजनेस ग्रुप’ हुनेछ । शुरुमै विभिन्न बिषयमा १० जना विज्ञ युवाहरुलाई समेटेर ब्यापार बिचार साझेदारी कार्यक्रम अगाडी बढाउँदै एक बर्षमा सर्वकृष्ट बिचारमा ग्रुपले लगानी गर्ने युवा अर्जुन उप्रेतीले जानकारी दिए । 

बिजनेस गु्रपको सदस्यता हासिल गर्न ग्रुपका केही नियम पार गर्नुपर्ने जनाइएको छ ।  त्यस्तै पहिलो बर्षको सफलतापछि दोस्रो ‘योङ अन्टरपेनर क्लब’ गठन गरिने र जसमा १८ देखी ३० बर्ष उमेर समुहका युवाहरु रहनेछन् । 

उनीहरुको सहजताको लागि यस प्रकारका क्लब विभिन्न ठाँउहरुमा गठन गरिने जनाइएको छ । साथै गठन भएका क्लबहरुका सदस्यहरुले आफुसँग भएका बिजनेस बिचारलाई बिकास गरि मुख्य ग्रुपमा राख्ने र राम्रो बिचारलाई मुख्य ग्रुपले लगानी गरि ‘इक्विटी’ प्रदान गर्नेछ । 

त्यस्तै कार्यको सफलतापछि  योङ अन्टरपेनर क्लबले निगरानी गर्ने गरिको १६ बर्ष मुनीका बालबालिकाहरुलाई लक्षित गरी प्रत्येक बिद्यालयमा सञ्चालन गर्ने जनाइएको छ । उद्यमशिलता बिकासका लागि त्यहाँ सम्बन्धित बिभिन्न कार्यक्रमहरु चाइल्ड अन्टरपेनर क्लबको संयोजनमा क्लब र ग्रुपले सञ्चालन गर्नेछन् ।

बिजनेस ग्रुपमा सदस्यता लिन नसकेको खण्डमा उक्त व्यक्तिको उमेरको सिमा हेरेर योङ अन्टरपेनर क्लबमा सदस्यता लिन सक्ने व्यवस्था समेत मिलाइएको अर्जुन उप्रेतीले बताए । 

ग्रुपको लक्ष्य विद्यालय स्तरदेखी युवाहरुसम्म व्यवसायिक ज्ञान प्रदान गर्नु, नयाँ व्यवसायहरु सम्बन्धि अनुसन्धान गर्न प्रेरित गर्नु र भविष्यमा आफुसँग भएको बिचारमा लगानी गरि समुहमा काम गर्नु रहेको जनाइएको छ ।  यो ग्रुपको उदेश्य यस प्रकारका बिजनेस नेटवर्क देशव्यापी रुपमा सञ्चालन गरी भविश्यमा उक्त नेटवर्कले अन्तराष्ट्रिय क्षेत्रमा पनि काम गर्ने रहेको जनाइएको छ ।