हल्दिबारी । 

अनेरास्ववियु हल्दिबारी गाउँकमिटीले बिहीवार (आज) हल्दिबारी गाउँपालिकालाई सात बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । नेरास्ववियु झापा जिल्ला कमिटीले निर्देशन गरे अनुसार ध्यानाकर्षण पत्र बुझाइएको अनेरास्ववियु हल्दिबारीका सचिव सबिन कार्कीले शब्दपत्रलाई जानकारी दिए।

अनेरास्ववियु हल्दिबारीले ७ बुँदे ध्यानाकर्षण पत्रमा हल्दिबारी भित्र शैक्षिक गुणस्तरलाई थप दरबिलो बनाउन कमिटीले ध्यानाकर्षण पत्र बुझाएको बुझिएको छ । उनीहरुले हल्दिबारी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीदेबी मैनालीलाई ध्यानाकर्षपत्र बुझाएका हुन् । 

पत्रमा बिद्यालय व्यवस्थापन समिति गठन प्रक्रिया सच्चाउन,निजि शैक्षिक सस्थाहरुले बिद्यार्थीलाई दिनुपर्ने छात्रवृत्ति दिए नदिएको, निजि शैक्षिक सस्थाहरुले अधिक शुल्क लिएको, बिद्यार्थीलाई पुर्ण अनुदान मार्फत  शैक्षिक भ्रमण, विगतको झै घुम्ती खेलकुद प्रशिक्षकको पुन व्यवस्था, जिविकोपार्जन हुने खालको पाठ्यक्रमको अध्यापनर बिद्यालय आसपास ५०० मिटर वरपर पुर्ण रुपमा सुर्तीजन्य पदार्थ बेचबिखनमा रोकसहितको बिषयमा स्थानीय सरकारलाई ध्यानाकर्षण गराएको गाउँ कमिटी अध्यक्ष आशिष खरेलले हस्ताक्षर गरेको पत्रमा उल्लेख छ ।