बुट्टाबारी । 

टेरि मिरेस्का फाउण्डेशन युएसले जुनकीरीका विद्यार्थीहरुलाई विभिन्न सामग्री प्रदान गरेको छ । बन्दी सहायता नेपालद्वारा सञ्चालित मनमाया आमा बालगृह र जुनकीरी सार्वजनिक प्राथमिक बिद्यालय अर्जुनधारा ११ का एक सय जना विद्यार्थीलाई खाजा बोक्ने टिफिन बकस, खाजा खाने बटुका, चमेज, पानी खाने गिलास, क्याप र स्टेशनरी गरि एक लाख बराबरको सामग्री बितरण गरेको छ । 

बिद्यालयले दैनिक स्कुलमा खाजा खुवाउने गरेको र खाजा खाने भाडा सामग्रीहरु नहुँदा विद्यार्थीहरुले पर्खनु पर्ने समस्या थियो । फाउण्डेशनले २÷२ बर्षमा केहिन केही सहयोग गर्दै आएको र यसपटक उक्त सामग्री बितरण गरेको हो । सामाग्री वितरणसँगै विद्यार्थीहरु अति खुसी भएकोमा ह्र्दयबाट खुसी भएको फाउण्डेशनका अध्यक्ष टेरि मिरेस्काले बताए । 

झापा लगायत विभिन्न स्थानमा करिब ८÷१० वटा सरकारी बिद्यालयका विद्यार्थी र बालगृह, वृद्ध आश्रममा रहेका असहायहरुलाई सहयोग गर्दै आएको झापा प्रतिनिधि राजन काफ्लेले बताए । यसै क्रममा बिद्यालयमा स–साना बालबालिकाहरुलाई अति आवश्यक रहेको शौचालय र बिद्यालयको ग्राउण्डमा सिमेन्ट ब्लक लगाउन छ लाख बराबरको योजना माग समेत फाउण्डेशनका अध्यक्ष टेरिलाइ हस्तान्तरण गरिएको प्रधानाध्यापक रन्जित परियारले बताए । 

कार्यक्रममा अतिथि दुर्गा काफ्ले, नरेश न्यौपाने, महारानीगन्ज माबि बिब्यस अध्यक्ष बोलप्रसाद कोइराला, जनप्रतिनिधि सुशीला गिरी, गोबिन तामाङलगायतले फाउण्डेशनले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरेका थिए । 

आजसहित चौथो पटक बिद्यालय तथा सस्थालाइ सहयोग गरेकोमा टेरि मेरिस्कालाइ बिद्यालय र सस्थाको तर्फबाट प्रशंसा पत्रसहित सम्मान गरिएको छ । विद्यार्थीहरुले पर्खिएर खाजा खानु पर्ने बाध्यतालाई सहज बनाइ दिएको र  बिद्यालयको समस्याहरुको समाधानका योजना अनुसार आगामी दिन समेत सहयोग गर्ने प्रतिबद्धता गरेकोमा फाउण्डेशनका अमेरिका र नेपालका सदस्य प्रतिनिधिहरुलाइ सस्थापक अध्यक्ष जगतबहादुर मगरले धन्यवाद व्यक्त गरेका छन् ।  स्वागत शिक्षक गिता खरेलले स्वागत गरेको कार्यक्रमको सहजीकरण प्रधानाध्यापक रन्जित परियारले गगरेका थिए ।