हल्दिवारी  ।

झापाको हल्दिवारी –२ स्थित हल्दिवारी माविकी छात्रा करुणा विश्वकर्माले  माध्यमिक तह कक्षा १२ को  परीक्षामा पालिकाकै उत्कृष्ट अंकका साथ  प्रथम भएको दावी गरिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले हालै सार्वजनिक गरेको परीक्षा फल अनुसार विश्वकर्माले  कक्षा १२ को परीक्षामा ३.७१  अंकका प्राप्त गरी पालिका प्रथम भएको प्रधानाध्यापक टंकबहादुर पाख्रिनले दावी गरेका हुन् ।

व्यवस्थापन संकायमा अध्यनरत विश्वकर्माले हल्दिवारी गाउँपालिका भित्र सञ्चालनमा रहेका माध्यमिक विद्यालयका विद्यार्थी सवैलाई उछिनेर प्रथम भएको विद्यालयको दावीे छ ।

कक्षा १२ सम्म अध्ययन गर्दा विश्वकर्मा लगनशील र मेहनती भएकाले परीक्षा परिणाम राम्रो आएको  प्रधानाध्यापक पाख्रिनको भनाइ छ । यता उत्कृष्ट विद्यार्थी करूणा सरकारी विद्यालय भएपनि पठनपाठनमा राम्रो वातावरण पाएकाले राम्रो परीणाम ल्याउने अवसर मिलेको बताउँछिन् ।