हल्दीबारी । 

विषयगत शिक्षकको अभाव, भौतिक पूर्वाधारको कमीलगायतका कारण यसवर्ष पनि एसईई परीक्षामा सामुदायिक विद्यालयका विद्यार्थीको नतिजा कमजोर देखिएको छ । तर राम्रो व्यवस्थापन भएका केही सामुदायिक विद्यालयको नतिजा भने निजीको भन्दा पनि अब्बल देखिएको छ ।

झापाको हल्दिबारीको हल्दिबारी माध्यमिक विद्यालयबाट यस वर्ष एसईई दिएका १५६ मध्ये १४ जनाले ३.६ जीपीए वा सो भन्दा माथि ल्याए । अन्य २३ जनाले ३.२ जीपीए वा सो भन्दा माथि ल्याएका छन्। त्यसैगरी जनजागृति माबिबाट जम्मा १२० जना मध्ये ६ जनाले ३.२ वा सो भन्दा माथि  ल्याएका छन् भने लक्ष्मी मा बिबाट जम्मा ४४ मध्ये २ जनाले ३.२ जीपीए वा सो भन्दा माथि ल्याएका छन्। भने सरस्वती माबि ,पञ्चायत माबि र महेन्द्र माबिको नतिजा कमजोर रहेको छ । उक्त बिद्यालयहरूबाट जम्मा एसईईमा सहभागी बिद्यार्थीहरूको संङ्ख्या  क्रमश  २३, १३ र ३८ रहेको थियो । तर उक्त बिद्यालयहरूबाट २.८ वा सो सरहको मात्र नतिजा ल्याएका छन्।

शिक्षकको लगनशीलता र विद्यार्थीको मेहनतले नै हल्दिबारी र जनजागृति र लक्ष्मी माविले राम्रो नतिजा ल्याउन सकेको हो । गाउँपालिकाले समेत यी तिनबाट बिद्यालयलाई प्राथमिकतामा राखेर ठुलो लगानी गरिरहेको छ भने महेन्द्र, सरस्वती र पञ्चायत माबिलाई खासै वास्ता गरेको देखिदैन।

महेन्द्र माबिबाट २.८ जिपीए वा सो भन्दा माथि ४ जना, २.४ जिपिए वा सो भन्दा माथि ३ जना २ जिपिए वा सो भन्दा माथि ११ जना, १.६ जिपीए वा सो भन्दा माथि १७ जना र १.६ जिपिए ननग्रेट ३ जना भएका छन् । त्यसैगरी पञ्चायत माबि २ जिपीए वा सो भन्दा माथि ३ जना १.६ जिपिए ८ जना र १.६ जिपिए भन्दा कम अर्थात ननग्रेट २ जना रहेका छन् ।

 विद्यालयको व्यवस्थापकीय कमजोरीसँगै विषयगत शिक्षक अभावका कारण  गणित, विज्ञान र अंग्रेजी विषयको नतिजा कमजोर देखिएको छ । सामुदायिक विद्यालयका विद्यार्थीको शिक्षण सिकाइ र गुणस्तर अभिवृद्धिमा स्थानीय सरकारले पर्याप्त ध्यान नदिँदा नतिजा कमजोर देखिएको शिक्षा अधिकारीको दाबी छ ।

यस्तो छ सामुदायिक बिद्यालय तर्फको यस बर्षको नतिजा : 

see haldibari