मेचीनगर।
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) काँकरभिट्टा बहुमुखी क्याम्पसको आयोजनामा यही भदौ १५ गतेबाट अन्तर क्याम्पस स्तरीय टी टेन क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । मेचीनगर–६ स्थित तुर्केनी खेल मैदानमा आयोजना हुने प्रतियोगिता भदौ २६ गतेसम्म चल्नेछ ।
![](/uploads/advertise/amiti collage_1719659707.jpg)
क्याम्पसमा अध्यनरत् गरिब तथा जेहेन्दार विद्यार्थीका लागि सहयोग गर्न छात्रवृत्ति ९स्ववियु० कोष स्थापना गर्ने उदेश्यका साथ स्ववियु काँकरभिट्टाले प्रतियोगिताको आयोजना गर्न लागेको हो । प्रतियोगितामा जिल्लाभरका १६ क्याम्पसको सहभागिता रहने निश्चित भइसकेको छ भने प्रथम र दोस्रो पुरस्कार स्वरुप क्रमशः ५० हजार र ३० हजार नगदसँगै ट्रफी, मेडल र प्रमाण पत्रको व्यवस्था गरिएको शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिइएको हो ।
खेल संयोजक योगेन्द्र खड्का ९बरदान०का अनुसार खेल आयोजनाका लागि ४ लाख २० हजार खर्च लाग्ने अनुमान गरिएको छ । उक्त खर्च स्थानीय अग्रज व्यक्तित्व, समाजसेवी तथा विभिन्न संघसंस्थाबाट जुटाउने क्रम चलिरहेको छ । ‘क्याम्पसले पनि हामीलाई खेल आयोजनाका लागि ८० हजार नगद सहयोग गर्ने भएको छ । अन्य रकम भने स्थानीय संघ संस्थादेखि, अग्रजहरुबाट भएको सहयोगबाट जुटाउँदैछौँ,’ पत्रकार सम्मेलनमा बोल्दै उनले भने ।
![](/uploads/advertise/bells add 2_1719834723.jpg)
प्रतियोगिता अन्तर्गत विभिन्न विधामा पनि अवार्डको व्यवस्था गरिएको छ । म्यान अफ द म्याच, म्यान अफ द सिरिज, उत्कृष्ट ब्याटर, उत्कृष्ट बलर, उत्कृष्ट क्याचर लगायत सहभागी क्याम्पस मध्येबाट सम्पूर्ण विधामा अब्बल ९फ्लेयर प्ले अवार्ड० लगायतको व्यवस्था गरिएको खेल संयोजक खड्काले बताए ।
‘कुनैपनि कारणले कोहि पनि शिक्षाबाट बञ्चित हुनुहुँदैन’ भन्ने नीतिलाई आत्मसाथ गर्दै गरिब तथा जेहेनदार विद्यार्थीका लागि छात्रवृत्तिमार्फत सहयोग गर्न स्ववियु कोष स्थापना गर्ने उदेश्य राखेर प्रतियोगिता आयोजना गर्न लागिएको काँकरभिट्टा बहुमुखी क्याम्पस स्ववियु सभापति विशाल तामाङले बताए । ‘यससँगै जिल्लाभरका क्याम्पसबीच चिनजानका साथै आत्मिय सम्बन्ध स्थापित गर्न, क्याम्पस स्तरबाटै खेलाडी उत्पादनमा टेवा पुर्याउन पनि हामीले यस प्रतियोगिताको आयोजना गरेका हौँ,’ सभापति तामाङले भने ।
![](/uploads/advertise/newtons add_1719832473.jpg)