बिर्तामोड । 

गंगामाया तथा नरबहादुर बस्नेत क्यान्सर पीडित सहयोग संस्था बिर्तामोड–४ झापाका अध्यक्ष भूपाल बस्नेतले जन्मोत्सवको अवसर पारेर दुई जना बिद्यार्थीलाई अध्ययनका लागि आर्थिक सहयोग गर्ने भएका छन् । 

बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाका सचिवसमेत रहेका बस्नेतले आइतवार शैक्षिक सत्र २०८१ को लागि दुई जना बिद्यार्थीलाई अध्ययनका लागि २० हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेका हुन् ।

कर्णाली साकोसका अध्यक्ष टसबहादुर श्रेष्ठ, सञ्चालक समिति सदस्य गुञ्जन थापा, लेखा समिति संयोजक रामकुमार गौतम, सिइयो कुमार याक्सो, डिसिएम सिइयो, चिदानन्द सुवेदी, अधिकृतलगायत कर्मचारीहरुको सहभागितामा बिर्तामोडस्थित साकोसको केन्द्रिय कार्यालयमा बस्नेतले २ जना बिद्यार्थीलाई अध्ययनका लागि रकम घोषणा गरेका हुन् । 

कर्णाली साकोसकी कर्मचारी तुलसादेवी पोखरेलका श्रीमानको बिगत ३ बर्षअघि निधन भएको थियो । पोखरेल हाल माइतमा बसेर कर्णाली सहकारीको बुधवारे सेवाकेन्द्रमा फिल्डमा काम गरेर दुःखले दुई जना नानीहरुलाई अध्ययन गराउदै जिबिकोपार्जन गर्दै आइरहेकी छिन् । उक्त दुःख देखेर सामाजिक अभियान्ता भुपाल बस्नेतले उनका नानीहरुलाई एक बर्ष अध्ययनका लागि सो रकम प्रदान गर्ने घोषणा गरेको बताएका  छन् । 

शुरुदेखि नै कर्णाली सहकारीलाई आफ्नो घर र कर्मचारीहरुलाई आफ्नो परिवार सम्झिदै आएका बस्नेतले भाद्र १० गते आफ्नो जन्म दिनको अवसरमा आउँदो २०८१ सालको नयाँ सेक्सनबाट दुई जना नानीहरुको १ वर्ष अध्ययनका खर्च कर्मचारी तुलसालाई हस्तान्तरण गर्ने प्रतिबद्धता गर्दै नानीहरुको उज्जल भविष्यको कामना गरेका छन् । जन्मोत्सवमा गरिने फजुल खर्चलाई कटाएर बस्नेतले सामाजिक कार्य गरेर उदारणीय कार्य गरेका छन् ।