अर्जुनधारा । 

जुनकीरी सार्वजनिक आधारभुत बिद्यालय अर्जुनधारा ११ को आर्थिक बर्ष ०७९/०८० को सामाजिक लेखा परिक्षण सार्वजनिक भएको छ । सामाजिक लेखा परिक्षण उपसमितिका सम्योजक सुर्यप्रसाद सापकोटाले तयार पारेको प्रतिवेदन सदस्य निर्मला लुइँटेलले शिक्षक अभिभावक संघका अध्यक्ष तीर्थ बहादुर राईलाइ हस्तान्तरण गरेका हुन् । 

प्रतिवेदनमा भएका सुझाव र आय ब्यय अभिभावक, शिक्षक, विद्यार्थीहरुको उपस्थितिमा प्रधानाध्यापक रन्जित परियारले बाचन गरेका थिए । प्रतिवेदनमा प्राप्त सुझाव र आय ब्यय पारदर्शी रहेको र गुणस्तर शिक्षाका लागि अबका दिन अभिभावक र बिब्यसशि अस  एवम् शिक्षकहरुले मसिनो गरि लाग्न सके नमूना बिद्यालय बनाउन सकिने सस्थापक अध्यक्ष जगतबहादुर मगरले बताए। 

सामान्यता प्राथमिक बिद्यालयहरुमा तलब र न्यून प्रशासनिक खर्च बाहेक अन्य खर्चहरु नआए पनि मातृ सस्था बन्दी सहायता नेपाल एवम् अन्य दाताहरुको सहयोगले बिद्यालय सञ्चालन गर्न सहज भएको प्रधानाध्यापक परियारले बताए । 

शिक्षक अभिभावक संघका अध्यक्ष तीर्थ बहादुर राईको अध्यक्षतामा सञ्चालित कार्यक्रमको प्रमुख अतिथि अर्जुनधारा ११ कि जनप्रतिनिधि शुसिला गिरि रहेकी थिइन् । 

कार्यक्रममा शिक्षक प्रतिनिधि निर्मला लुइँटेल, अभिभावक बन्दना मगर माथिल्लो कक्षाका विद्यार्थी प्रतिनिधि सुपृया पुरी लगायतले बिद्यालयको सामाजिक लेखा परिक्षण पारदर्शी सुन्न बुझ्न पाएको र लेखिएको सुझावप्रति लाग्न भन्दै शुभकामना  व्यक्त गरेका थिए ।