झापा ।
झापाबाट दुई जना फरार प्रतिबादी पक्राउ परेका छन् । चोरी तथा डाँका सम्बन्धी कसुर मुद्दामा फरार रहेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागि खटिएको प्रहरी टोलीले सोमबार पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा झापा मेचीनगर नगरपालिका–११ भई हाल मेचीनगर–७ करुणावस्ती बस्दै आएका २४ बर्षिय भुन्टे भन्ने बुद्धबहादुर कार्की र सोही ठाउँ घर भई सोही ठाउँ बस्दै आएका २९ बर्षिय शंकर राजवंशी रहेका छन् ।
फरार कार्की र राजवंशीलाई ३८ दिन कैद, ८ हजार जरिवाना र ३२० रुपैयाँ पिडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला भएको थियो ।
प्रतिवादी कार्की राजवंशी झापा जिल्ला अदालतको मिति २०७९/०२/२१ गतेको फैसला अनुसार चोरी तथा डाँका सम्बन्धी कसुर मुद्दामा फरार रहेका थिए ।
उनीहरुलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागि झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएको थियो । अदालतको आदेश अनुसार कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


















