पाँचथर । 

नेकपा (माओवादी केन्द्र) केन्द्रको तीन महिने अभियान तयारीका बिषयमा पाँचथरको फालेलुङ गाउँपालिका र फिदिम नगरपालिकामा पनि ‘जनतासँग माओवादी बिशेष रुपान्तरण’ का लागि तयारी शुरु गरिएको छ । 

पार्टीले नगरपालिका, गाउँपालिका र वडा स्तरीय कार्यबिभाजन गरेर तयारी शुरु गरिएको छ । ‘जन जनमा माओवादी घरघरमा माओवादी’ अभियान भदौ १६ गते उद्घाटन हुँदैछ । तीन महिने उक्त अभियानका तयारीका लागि फालेलुङ गाउँपालिका र फिदिम नगरपालिकामा पनि छलफल तथा अन्रक्रिया शुरु गरिएको हो । 

फालेलुङ गाउँपालिकाका पार्टी अध्यक्ष इन्द्रकुमार नेम्वाङको अध्यक्षता तथा पार्टीको केन्द्रिय सदस्य ज्योतिसिंह दर्लामीको प्रमुख आतिथ्यमा बसेको पार्टीको सचिवालय बैठकले  वडा कमाण्ड प्रमुख तोकेको छ । 

फालेलुङ गाउँपालिका र फिदिम नगरपालिकामा पार्टीका केन्द्रिय सदस्य झलकसिं दर्लामीलाई कमाण्ड प्रमुख तोकेको छ भने बिशेष वडा फालेलुङ८ र फिदिम १३ ताकिएको छ । 

फाल्गुनन्द र कुम्मायक कमाण्ड प्रमुख ज्योतिसिं दर्लामी रहनेछन् उनलाई बिशेष वडा फाल्गुनन्द ६ र कुम्मायक ३ तोकिएको छ । त्यस्तै मिक्लाजुङ र तुम्वेवा पार्टीका प्रदेश कमिटी उपाध्यक्ष मणिकुमार साम्पाङ (बिजय) लाई कमाण्ड प्रमुख तोकिएको छ भने बिशेष वडा तुम्बेवा ४ र रबि ४ तोकिएको छ । 

त्यसैगरी फाल्गुनन्द गाउपालिकाको कमाण्ड गर्नेमा वडा १ मा एलबी गुरुङ, दिलकुमार नेम्वाङ, २ मा सागर नेम्वाङ र दुर्गा चापागाई, ३ इन्द्र नेम्वाङ र अनिस तामाङ, ४ मा दिनेश लावती र दलबहादुर नेम्वाङ, ५ मा केहेरसिं चेम्जोङ र पञ्च चेम्जोङ, ६ मा ज्योतीसिं दर्लामी, पेम्बा शेर्पा र ७ मा जुनु लावती मचिन्द्र आङदेम्बे रहेका छन् ।