हल्दिबारी । 

झापाको हल्दिबारी गाउँपालिकाको सामुदायिक बिद्यालयको नतिजा झनै खच्किदै गएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेसँगै सामुदायिक बिद्यालयतर्फको नतिजा कमजोर देखिएको हो । 

पालिकाका सूचना अधिकारी सुशील कडरियाले दिएको तथ्यांक अनुसार नियमित तर्फ जन जागृति माध्यमिक बिद्यालयबाट ८३ जना विद्यार्थी परिक्षामा सामेल भएकोमा जम्मा २७ जना उतिर्ण भएका छन् ।

त्यसैगरी लक्ष्मी माध्यमिक बिद्यालयबाट नियमित तर्फ ६२ जना परिक्षामा सामेल भएकोमा जम्मा २६ जना परीक्षामा उतीर्ण भएका छन् । त्यस्तै हल्दिबारी माध्यमिक बिद्यालयबाट नियमित तर्फ १६३ जना परिक्षामा सहभागी भएकोमा ४९ जना मात्र उत्तीर्ण भएका छन् । हल्दिबारी माबिको प्राबिधिक धारतर्फ भने निल नै भएको छ ।

हल्दिबारी गाउँपालिकाको सामुदायिक बिद्यालय मध्ये उत्कृष्ट नतिजा लक्ष्मी माबिको रहेको छ । जसमा ४१.९४ प्रतिशत बिद्यार्थी उतिर्ण भएका छन् । दोस्रोे स्थान जन जागृति माबि गोलधापको रहेको छ । उक्त बिद्यालयबाट ३२.५३ प्रतिशत उत्तीर्ण भएका छन् । भने सबैभन्दा कमजोर नतिजा हल्दिबारी माबि हल्दिबारीको रहेको छ । उक्त बिद्यालयबाट ३० प्रतिशत मात्र उत्तीर्ण भएका छन् । लक्ष्मी माबिले हल्दिबारीका संस्थागत बिद्यालयहरू भन्दा पनि राम्रो नतिजा प्राप्त गरेको छ । तर पनि गत वर्षको भन्दा चाहिँ कमजोर नतिजा हो ।

हल्दिबारीका सामुदायिक तथा संस्थागत सबै बिद्यालयहरूले आ–आफ्नो नतिजा सुधार्न योजनाबद्ध अगाडी बढ्न आवश्यक देखिन्छ । अहिलेको नजिता सन्तोषजनक नभएका कारण सुधारको आवश्यक देखिएको हो ।