काठमाडौं । 

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि नौं जनाले आवेदन दिएका छन् । चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले बिहीबार(आज) नामावली प्रकाशन गरेको हो ।

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. अन्जनी कुमार झा, डा. पियुष दाहाल, डा. प्रमोदकुमार यादव, डा. प्रविण मिश्र, प्रा.डा मनेनप्रसाद गोर्खाली, डा. विधान निधि पौडेलको आवेदन परेको छ ।

त्यस्तै प्रा.डा. संगीता सिंह भण्डारी, प्रा.डा. सुमनकुमार श्रेष्ठको पनि उम्मेदवारी परेको छ । अहिले उपाध्यक्षमा प्रा.डा. श्रीकृष्ण गिरी रहेका छन्। उनले आफ्नो कार्यकाल दोहोर्‍याउन चाहेर आवेदन दिएका छन् ।

आवेदन दिएका ९ जनाको प्रस्तुतीकरण भदौ १७ गते र अन्तर्वाता १८ गते हुने सिफारिस समितिले जानकारी दिएको छ । उनीहरूले आफ्नो प्रस्तुतीकरण सिफारिस समितिको सचिवालय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरवारमा भदौ १५ गतेभित्र पेश गरिसक्नु पर्ने पनि जनाइएको छ ।