मेचीनगर । 

झापाको मेचीनगर नगरपालिकाले डेंगु संक्रमण परिक्षणका लागि निःशुल्क किटको व्यवस्था गरेको छ ।  मेचीनगर स्वास्थ्य शाखाका अनुसार नगरपालिकाले मातहतका विभिन्न स्वास्थ्य संस्थाहरूमा अहिले डेंगु जाँच्नका लागि डेंगु कीट निस्शुल्क व्यवस्था गरिएको जनाएको हो । 

मेचीनगरमा अहिलेसम्म ४९ जनामा डेंगु शंक्रमण पुष्टि भएको छ । मेचीनगर स्वास्थ्य शाखा प्रमुख सविता सापकोटा निरौलाका अनुसार नगरमा एक सयबढी शंकास्पद बिरामीमा परिक्षण गर्दा ४९ जनामा डेंगु शंक्रमण पुष्टि भएको जानकारी दिइन् । 

अहिले मौसम परिवर्तनले गर्दा ज्वरो आउने बिरामीको संख्या बढ्दै गएको छ । ज्वरो आउँदैमा ती सबै बिरामलाई डेंगु संक्रमण नहुन सक्ने उनको भनाइ छ । 

अहिले बाहुण्डाँगी स्वास्थ्य चौकी, काँकरभिट्टा स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ केन्द्र धुलाबारी, ज्यामिरगढी स्वास्थ्य चौकी, दुहागढी स्वास्थ चौकी र धाइजन स्वास्थ्य चौकीमा डेंगु जाँच्नका लागि डेंगु कीट निस्शुल्क व्यवस्था गरिएको उनले बताइन् । 

स्वास्थ्य कार्यालयको मापदण्ड अनुसार तीन दिन भन्दा बढी ज्वरो आएको, रगतको सिभिसी जाँच पश्चात् आवश्यक भएकाहरूलाई अहिले निःशुल्क डेंगु जाँच्नका लागि किटको व्यवस्था गराउने गरिएको स्वास्थ्य प्रमुख निरोलाले बताइन् । साथै उनले अहिले जोखिम युक्ति ठाउँमा डेगुको लार्भे मार्ने विटिआई औंषधि छर्कने तयारी भइरहेको उनले बताइन् ।