बिर्तामोड । 

बिदेशमा गएर उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीका लागि जेन्युइन एडुकेशन एण्ड भिजा सर्भिसेजले एजुकेशन फेयर सञ्चालन गर्ने भएको छ । अष्ट्रेलियाको मेलवर्न शहरमा मुख्य कार्यालय रहेको सर्भिसेजले नेपालमा रहेका पाँचवटा शहरका शाखा कार्यालयमा एकदिने एजुकेशन फेयर २०२३ आयोजना गर्ने भएको सोमवार (आज) बिर्तामोडमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । 

जेन्युइन एडुकेशन एण्ड भिजा सर्भिसेजका निर्देशक तथा बिर्तामोड शाखा प्रोप्राइटर लक्ष्मीकान्त खनालले अभिभावक र विद्यार्थीलाई अझ सहज ढंगबाट अष्ट्रेलियाका विभिन्न विश्वविद्यालयहरु तथा कलेजहरुबारे जानकारी दिने उदेश्यले  एक दिने एजुकेशन फेयर २०२३ सञ्चालनको तयारी गरेको जानकारी दिए । 

आगामी भदौ २१ गते दमक, भदौ २२ गते इटहरी, भदौ २३ गते बिर्तामोड, भदौ २९ गते चितवन र असोज ३ गते काठमाडौंमा शाखामा एक÷एक दिने एजुकेशन फेयर गरिने भएको छ । जेन्युइनले अहिलेसम्म ६०० जना भन्दाबढी विद्यार्थीहरुलाई अष्ट्रेलियासहितका देशहरुमा अध्ययनका लागि सहजीकरण गरिसकेको निर्देशक खनालले बताए । 

अष्ट्रेलियामा अध्ययनका लागि विषयहरु, कलेज तथा विश्वविद्यालयहरु, शिक्षण शुल्क, बसोबास, हावापानी, रहनसहन, परिवर्तित कानूनलगायतका विषयमा जानकारी दिने उद्देश्यले एजुकेशन फेयर आयोजना गरिएको जनाइएको छ । 

एजुकेशन फेयरका लागि सम्बन्धित विश्वविद्यालय तथा कलेजका सञ्चालक र प्रतिनिधिहरुबाट उपरोक्त विषयहरुमाथि सहजीकरण हुने बताइएको छ । पत्रकार सम्मेलनमा बिर्तामोड शाखा ब्यवस्थापक बिनोद खनाल, कम्प्युटर एशोसिएसन महासंघ (क्यान) झापा शाखाका अध्यक्ष कृष्णप्रसाद घिमिरेलगायतको आतिथ्य रहेको थियो ।