हल्दिबारी ।
नेकपा एमाले हल्दिबारी गाउँपालिका युवाहरुको संगठन राष्ट्रिय युवा संघ नेपाल हल्दिबारीमा विवाद कायममै रहि रहेको बुझिएको छ ।
विवादको बाबजुद निर्वाचन मण्डलले जबर्जस्ती ढंगले कमिटीलाई पुर्णता दिने नाममा कमिटी गठन गर्न खोज्दा विवाद शुरु भएको अध्यक्षका प्रत्यासी उम्मेदवार महेन्द्र ढुङ्गेलले जानकारी दिए।
प्रत्यासी उम्मेदवारहरुले असन्तुष्टि जनाउँदा पनि नसुनेर बल मिच्चाई तरिकाले कमिटी घोषण गर्न खोज्दा विवाद उब्जिएको हो।युवाहरुले बिरोध स्वरुप नाराबाजी लगाएर निर्वाचन मण्डलीको राजिनामा माग गर्दै कार्यक्रम स्थगित भएको बुझिएको छ ।


















