बिर्तामोड । 

 महेन्द्र रत्न उच्च माध्यमिक बिद्याल अनारमनी बिर्ताबजारको भूतपूर्व बिद्यार्थी समाजको प्रथम साधारण सभा तथा अधिवेशनले  राजकुमार पोखरेलको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति चयन गरेको छ । 

बिद्यालयमा बिहीवार सम्पन्न अधिवेशनले  पोखरेलको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति सर्वसम्मतिबाट चयन गरिएको बताइएको छ । २०७९ मंसिर २८ गते जिल्ला प्रसाशन कार्यालय झापामा दर्ता भएको समाजको तदर्थ समितिलाई नै आगामी दुई वर्षको लागि पुनः सर्वसम्मत चयन गर्दै अधिवेशन सम्पन्न भएको हो । 

तदर्थ समितिका अध्यक्ष पोखरेलको अध्यक्षता तथा  विद्यालयका संस्थापक प्रधानाध्यापक किशोर प्रसाईंको प्रमुख आतिथ्यमा अधिवेशन सम्पन्न भएको थियो । स्वागत तथा कार्यक्रमको औचित्यमाथि प्रकाश मदनगोपाल सुब्बाले पारेको कार्यक्रमको सञ्चालन मोहन शिवाकोटीले गरेका थिए ।  

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक  खड्गप्रसाद खरेल, बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष टंकप्रसाद सेडाई, पूर्व बिद्यार्थीका तर्फबाट गोपीकृष्ण प्रसाईं र उमा शिवाकोटीले आ–आफ्नो भनाई राखेका थिए भने ध्रुव ओलीले पूर्व बिद्यार्थीहरुको तर्फबाट धन्यबाद ज्ञापन गरेका थिए ।  

कार्यक्रममा बिद्यायकै  पहिलो र एसएलसी समुह २०२७ का पहिलो विध्यार्थी हरीप्रसाद पोखरेल, पूर्व बिद्यार्थी तथा श्री २१ नम्बर बाहिनी अड्डाका बाहिनीपति सहायक रथी धनबहादुर थापालगायतको आतिथ्य रहेको थियो । 

कार्यक्रममा समाजलाई विभिन्न माध्यमबाट  सहयोग पुर्याउने संस्था तथा ब्यक्तिलाई प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो ।  सम्मानित हुनेमा महेन्द्र रत्न उमावी, श्री २१ नम्बर बाहिनी अड्डा तोपगाछी र तदर्थ समिति सदस्य नरेशकुमार न्यौपानेरहेका छन् । 

आगामी कार्यकालका लागि अध्यक्षमा राजकुमार पोखरेल, उपाध्यक्षमा मदनगोपाल सुब्बा, सचिवमा मोहन शिवाकोटी र कोषाध्यक्ष बिष्णुमाया मैनाली सर्वसम्मत चयन भएका छन् ।  सदस्यमा काजी बुढाथोकी, डा.लक्ष्मीप्रसाद मैनाली,  बिनोद गौतम, केशव प्रसाईं, रुपक गोदार थापा, कमलराज विमली, वेदप्रकाश न्यौपाने, वीरबहादुर दर्नाल, ईन्द्रसिंह राजवंशी, नरेश न्यौपाने र लीला अनमोल उप्रेती रहेको निर्वाचन समिति सदस्य युवराज कट्टेलले जानकारी दिए ।

समाजले देश विदेशमा रहेका पूर्व पूर्व बिद्यार्थीहरुबाटको स्वतस्फुर्त आर्थिक सहयोगमा अक्षयकोषको स्थापनाको कार्य निरन्तर गरिरहेको छ भने  सबै पूर्व बिद्यार्थीहरुलाई आजिवन सदस्य लिएर अक्षयकोष वृद्धिमा सहयोग गर्न समेत आव्हान गरेको छ ।