झापा । 

झापाको बिर्तामोडमा सञ्चालित आदर्श स्कुल अफ मेनेजमेन्ट कलेजले तीज विशेष कार्यक्रम साथै मनोविमर्श सम्बन्धी प्रशिक्षण गरेको छ। कलेजले शुक्रवार (आज) नेपाली दिदिबहिनीहरुको महान पर्व तीजको अवसर पारेर तीज मिलन तथा मनोविमर्श सम्बन्धी प्रशिक्षण गरेको सम्पन्न गरेको हो । 

कलेजका एकाडेमिक को–अडिनेटर बिजया भण्डारीको अध्यक्षय्तामा भएको कार्यक्रम कोशी प्रदेश प्रतिनिधिसभा सदस्य लखि  गणेशको प्रमुख आतिथ्य रहेको थियो । 

कार्यक्रममा मनोबिमर्सकर्ता प्रमिला गौतम खनालको बिशेष आतिथ्य रहेको थियो । मनोबिमर्स कार्यक्रममा आदर्श स्कुल अफ मेनेजमेन्ट कलेजका कक्षा ११ र १२ का विद्यार्थीको उपस्थिति रहेको थियो। 

कार्यक्रममा प्रमुख अतिथि गणेशले आफ्नो भनाई प्रस्तुत गरेकी थिइनु । स्वागत कलेजकी अनुशा ढकाल  खरेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन कलेजका तालिम बिभाग प्रमुख दीपक दासले गरेका थिए । 

दुईसय बढी युवा तथा बिद्यार्थीहरुको सहभागीता रहेको कार्यक्रममा सुरुवाती कोठा नेपाल झापा, पाटा विद्यार्थी संगठन, होटेल आदर्श सरगम होटेल, आदर्श ब्याङ्केट बिर्तामोडको संयोजन रहेको कलेजका तालिम बिभाग प्रमुख दीपकले जानकारी दिए ।