दाङ । 

बाँकेमा भएको बस दुर्घटनामा सात जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन्। कोहलपुरको शमशेरगञ्जमा शुक्रबार राति ९ बजे भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ७ पुगेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको हो । 

प्रहरीका अनुसार दाङबाट बर्दियातर्फ आउँदै गरेको ना ७ ख २३२१ नम्बरको बस बाँकेको शमशेर गन्जमा रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकमा शुक्रबार राती करिब ९ बजे ठोक्किएको थियो ।

बस दुर्घटनामा करिब ३१ जना घाइते भएका छन् । घाइतेहरुको बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।