झापा ।

जेन्युइन एडुकेशन एण्ड भिजा सर्भिसेजले कोशी प्रदेशका तीन स्थानमा एडुकेशन फेयर २०२३ सम्पन्न गरेको छ । उच्च अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई सहजीकरण गर्ने उद्देश्यले सन् २०१६ देखि सञ्चालनमा रहेको सो परामर्शदातृ संस्थाले झापाको बिर्तामोड, दमक र सुनसरीको इटहरीमा एडुकेशन फेयर २०२३ सम्पन्न गरेको हो ।

एक–एक दिवसीय एजुकेशन फेयर २०२३ अन्तरगत भदौ २१ गते (सेप्टेम्बर ७) मा दमक शाखामा, भदौ २२ (सेप्टेम्बर ८) मा इटहरी शाखामा र भदौ २३ (सेप्टेम्बर ९) मा बिर्तामोडमा विद्यार्थी र अभिभावकलाई विभिन्न विश्वविद्यालय र कलेजका प्रतिनिधिहरुले परामर्श दिएका हुन् ।

जेन्युइन एडुकेशन एण्ड भिजा सर्भिसेजका निर्देशक तथा बिर्तामोड शाखाका प्रोप्राइटर लक्ष्मीकान्त खनालका अनुसार दमकमा ८० जना, इटहरीमा २०० जना र बिर्तामोडमा १०० जना विद्यार्थीहरुले परामर्श लिएका छन् । एडुकेशन फेयर २०२३ मा अष्ट्रेलियाका ५ वटा विश्वविद्यालय र कलेजका प्रतिनिधिहरुले परामर्श दिएका थिए । यस्तै, अमेरिका र वेलायतको एक–एकवटा विश्वविद्यालयबाट सहजीकरणका लागि प्रतिनिधिहरु आएका थिए । 

जेन्युइन एडुकेशन एण्ड भिजा सर्भिसेजले हालसम्म ६०० जनाभन्दा बढी विद्यार्थीहरुलाई अष्ट्रेलियासहितका देशहरुमा अध्ययनका लागि सहजीकरण गरिसकेको निर्देशक खनालको भनाई छ ।

एडुकेशन फेयरमा परामर्शदाताहरुले सम्बन्धित मुलुकमा अध्ययनका लागि उपयुक्त विषयहरु, कलेज तथा विश्वविद्यालयहरु, शिक्षण शुल्क, बसोबास, हावापानी, रहनसहन, परिवर्तित कानून आदि विषयमा सहजीकरण गरेका थिए । 

अष्ट्रेलियाको मेलवर्न शहरमा मुख्य कार्यालय रहेको जेन्युइन एडुकेशन एण्ड भिजा सर्भिसेजले अब चितवन र काठमाडौंमा एजुकेशन फेयर २०२३ आयोजना गर्ने तयारी गरेको छ । नेपालका यी ५ वटा शहरमा जेन्युइन एडुकेशन एण्ड भिजा सर्भिसेजका शाखा कार्यालयहरु सञ्चालनमा छन् । 

अब भदौ २९ गते (सेप्टेम्बर १५) चितवनमा र असोज ३ गते (सेप्टेम्बर २०) मा काठमाडौंमा एडुफेयरलाई निरन्तर सञ्चालन गरिने तय भएको निर्देशक खनालले जनाएका छन् । एडुफेयरमा सहभागी भएर सम्बन्धित कलेजका प्रतिनिधिहरुबाट परामर्श दिलाउन पाएकोमा सबैलाई आभार व्यक्त गर्दै निर्देशक खनालले विद्यार्थी–अभिभावकमा सो सम्बन्धी बुझ्ने चाहाना अत्याधिक रहेको पाएको बताए ।