बिर्तामोड । 

बिर्तामोड नगर प्याब्सनले आफ्नो बार्षिक कार्यक्रम अनुसार विविध कार्यक्रम सम्पन्न गरेको छ ।  बिर्तामोडमा आयोजित अतिरिक्त क्रियाकलाप अन्तरगत आयोजित कार्यक्रममा कक्षा १ देखि ५ सम्मको हाजिरीजवाफ तर्फ एभरेस्ट स्मार्ट स्कूल र गोमेन्द्र बिर्ता मोडल प्रथम , चिल्ड्रेन इन्भारमेन्ट स्कूल द्वितीय र न्यूटन्स् एजुकेशन एकाडेमी तृतीय भएका छन् । 

त्यस्तै कक्षा ६ देखि ८ सम्मको हाजिरी जवाफमा नवोदय शिक्षा सदन प्रथम ग्लोरी इङ्लिस बोडिङ र चिल्ड्रेन इन्भारमेन्ट द्वितीय र कन्चनजङ्गा इङ्लिस स्कूल तृतीय भएका हुन् । 

यसैगरी श्रुतीलेखन तर्फ प्रशान्ती एजुकेशन फाउन्डेसन प्रथम ,चिल्ड्रेन इन्भारमेन्ट द्वितीय,न्यूटन्स एजुकेशन,वाल्मीकि एजुकेशन तृतीय र एवाकस इङ्लिस स्कूल तृतीय घोषित भए ।  सोही कार्यक्रमकै बिच भएको छात्र  कविता तर्फमा कन्चनजङ्गा स्कूल प्रथम न्यूटन्स एजुकेशन द्वितीय र बुद्ध स्मृति इङ्लिस स्कूल तृतीय भएका हुन् भने छात्रा तर्फ चिल्ड्रेन इन्भारमेन्ट प्रथम ,एभरेस्ट स्मार्ट द्वितीय र बेल्स मोडल तृतीय भए ।

यसैगरी आकस्मिक वक्तित्वकला छात्रा तर्फ न्यूटन्स एजुकेशन एकाडेमी प्रथम ,टावर टेम्पल स्कूल द्वितीय गोमेन्द्र बिर्ता मोडल तृतीय  र छात्रतर्फ लिटल फ्लावर्स स्कूल प्रथम ,न्यूटन्स एजुकेशन एकाडेमी द्वितीय तथा एमिटी इङ्लिस स्कूल तृतीय भएको आयोजकले जनाएको छ ।  प्याब्सन नगर अध्यक्ष उत्त्म खनालको अध्यक्षता रहेको कार्यक्रममा बिर्तामोड नगर शिक्षा प्रमुख तिलचन भण्डारीको प्रमुख आतिथ्य रहेको थियो । 

न्यूटन्स एकाडेमीका प्रधानाध्यापक देबेन्द्र हुमागाईले स्वागत गरेको कार्यक्रममा जिल्ला प्याब्सन अध्यक्ष गौरिमान फागोले शुभकामना राखेका थिए ।  कार्यक्रममा प्याब्सन जिल्ला सचिब हरिकृष्ण पाठक ,सह(सचिब एल पि उप्रेती , गुरुभक्त न्यौपाने ,धर्मा पराजुली पप्रसाई लगायतको उपस्थिति रहेको थियो ।  ३० वटा बिद्यालयको सहभागी रहेको कार्यक्रमको संचालन प्याब्सन नगर सचिब  सुरेन्द्र खरेलले गरेका थिए ।  कार्यक्रममा बोल्दै नगर अध्यक्ष खनालले स्थानीय सरकारले  संस्थागत बिद्यालयलाई पनि समान सहभागीताको लागि अवसर प्रदान गर्न आग्रह गरेका थिए ।