हल्दिबारी।

झापाको हल्दिबारीका विद्यालयमा बालबालिकालाई शुद्ध पिउने पानी उपलब्ध गराउने उदेश्यले फिल्टर प्यालन्ट बितरण गरिएको छ । महेश मेचेको सक्रियता शुक्रवार (आज) हल्दिबारी–३ को लक्ष्मी माध्यमिक विद्यालय  र हल्दिबारी १ को सस्वती माध्यमिक विद्याललयमा शुद्ध फिल्टर प्यालन्ट प्रदान गरिएको हो ।

वातावरण संरक्षण केन्द्र चन्द्रपुर रौतहटबाट हस्तान्तरण हुँदै आएको सो प्यालन्ट हल्दिबारीका पूर्व जनप्रतिनिधि तथा नेकपा एमाले हल्दिबारीका उपाध्यक्ष मेचेको पहलमा बिद्यालयमा हस्तान्तरण गरिएको हो । 

योसँगै मेचेकै पहलमा प्यालन्टको कार्यक्रम  हल्दिबारी माबि, चिल्ड्रेन गार्डेन अङ्ग्रेजी माध्यमिक बिद्यालय, महेन्द्र माबि, जन जागृति माबिसहित ६ वटा बिद्यालयका सयौं वालवालिकाको पहुँचमा शुद्ध पिउने पानी पुगेको जनाइएको छ । 

हल्दिबारीमा रहेका बाँकि अन्य विद्यालयमा पनि सोहि कार्यक्रम ल्याउन मेचे सक्रियताका साथ निरन्तर लागिरहेको मेचेले जानकारी दिएका छन्।