• सुदिप खवास 

बिर्तामोड । 

झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ५ मा सञ्चालित एमिटी एजुकेशन फाउण्डेशनले बाल दिवसको अवसर पारेर बिविध कार्यक्रम गरेको छ । 

एमिटीले ५९ औं बाल दिवस शुक्रवार (आज) अतिरिक्त क्रियाकलाप अन्तरगत भलिबल, कविता तथा कथा बाचन र नृत्य प्रर्दशन गरेर मनाएको हो । बिद्यालयका शिक्षक र बिद्यार्थीबिच मैत्रीपूर्ण भलिबल प्रतियोगिता भएको थियो । 

amity 11

बिद्यालयका प्रिन्सिपल आरएस ढकालको अध्यक्षतामा भएको कार्यक्रममा बिद्यार्थीहरुले कविता बाचन, कथा बाचन र बिभिन्न नृत्य प्रदर्शनसमेत गरेका थिए । स्वागत बिद्यालयकी बाल क्लब अध्यक्ष तथा छात्रा रेजा सापकोटाले गरेको कार्यक्रमको सञ्चालन शिक्षक अशोक गनगाई र शिक्षिका शर्मिला अधिकारीले संयुक्त रुपमा गरेका थिए । 

कार्यक्रममा बिद्यालयका नर्सरीदेखि कक्षा १० सम्मका ७ सय ४० जना बिद्यार्थीहरुको सहभागीता रहेको शिक्षिका टिका ढकालले जानकारी दिइन् । 

त्यस्तै एमिटी कलेजका कक्षा ११ र १२ का बिद्यार्थीहरुले पनि बिविध कार्यक्रम गरी बाल दिवसको मनाएका कलेजका को–अडिनेटर बिनोद शाहले जानकारी गराएका छन् ।