बिर्तामोड । 

झापाको बिर्तामोड नगर प्रहरीले बरामद भएको मरेका माछा नष्ट गरेको छ । नगर प्रहरीको गस्ती टोलीले प्रतिवन्धित भारतीय मरेका ७० किलो माछा विर्ता बजारबाट बिहीबार बरामद गरेको थियो । 

रहु र ताम्पत जातका मरेका माछा स्थानीय व्यवसायी मदन माझी र दिलिप माझीले विक्री गर्दै गरेको अवस्थामा नगर प्रहरीले फेला पारेपछि नियन्त्रणमा लिएको जनाइएको छ । 

उक्त माछा प्रक्रिया पुरा गरी शुक्रवार खाल्डो खनेर पुरिएको नगर प्रहरीका सह कमाण्डर टंकप्रसाद तिम्सिनाले जानकारी दिए । 

 बिर्तामोड नगरपालिका क्षेत्रभित्र मरेका अस्वस्थकर माछा विक्री वितरण पूर्ण रुपमा प्रतिवन्ध छ । चाडवाड नजिकिसँगै लुकीछिपी अस्वस्थकर माछा विक्री वितरण हुन सक्ने भन्दै नगर प्रहरीले सक्रियता बढाएको छ । नगर प्रहरीले यसअघि पनि ठुलो परिमाणमा प्रतिवन्धित माछा नियन्त्रणमा लिएर नष्ट गरेको थियो ।