सोलु ।

सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ खिरौलेमा भालुको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

शनिवार दिउसो २ बजे घर छेउमा रहेको मकैबारी हेर्न जाने क्रममा स्थानीय ५५ बर्षिय पेम्बा अन्सु शेर्पालाई जंगली भालुले आक्रमण गरी घाईते बनाएको थियो ।

घाईते उनलाई उपचारको लागि महाकुलुङ प्राथामिक अस्पताल बुङमा पुर्याउना साथ डाक्टरले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।