लक्ष्मीपुर । 

झापा बिर्तामोड–४ को गंगामाया तथा नरबहादुर बस्नेत क्यान्सर पीडित सहयोग संस्थाले हल्दिबारीका महिला तथा पुरुषहरुको क्यान्सर सम्बन्धि रोग निःशुल्क स्वास्थ्य परिक्षण गराएको छ । 

संस्थाको आयोजना तथा पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोडको प्राबिधिक सहयोगमा शुक्रवार हल्दिबारी ३, ४ र ५ नम्बर वडाका २ सय ५ जना महिला तथा पुरुषहरुको क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य परिक्षण गरेको संस्थाका अध्यक्ष भूपाल बस्नेतले जानकारी दिए । 

संस्थाका अध्यक्ष बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा हल्दिबारी गाउँपालिका अध्यक्ष रबिन्द्रप्रसाद लिङ्देनको प्रमुख आतिथ्य रहेको थियो । स्वास्थ्य परिक्षणकाको उद्घाटन अध्यक्ष लिङ्देनले गरेको थिए । स्वास्थ्य परिक्षण्को उद्घाटन गर्दै प्रमुख अतिथि लिङ्देनले संस्थाले सामाजिक क्षेत्रमा गरेको कार्यको प्रशंसा गर्दै  धन्यवाद गोष्ठि तथा संस्थाको तेस्रो बार्षिक साधारणसभा सफलताको शुभकामना दिएका थिए ।  संस्थाकी कोषाध्यक्ष गौरिमाया चिमरियाले स्वागत गरेको कार्यक्रममा वडा न ४ का वडाध्यक्ष सन्तकुमार थापा मगर, वडा न ५ का वडाध्यक्ष खड्गबहादुर लावती, प्रहरी चौकीका असई लगायतको आतिथ्य रहेको थियो । 

कार्यक्रममा क्यान्सर बिज्ञ डा. कुसल रिजाल र महिला डा. ज्योती भाजु लामाको टिमले स्वास्थ्य परिक्षण गरेका थियो । स्वास्थ्य शिविर हल्दिबारी ४ स्थित वडाबारीको स्वास्थ्य चौकीमा बिहान ९ बजेदेखि बेलुकी ६.३० बजेसम्म सञ्चालन गरिएको जनाइएको छ । 

सो कार्यक्रमलाई सफल बनाउन बडबारि स्वास्थ्य चौकिका डा माधव प्र शाहको टिमसमेतले पुर्ण साथ सहयोग गरेको थियो । शिविरको अध्यन र अवलोकन गर्न इटालीका विश्वप्रशिद्ध सर्जन डाक्टहरुको समेत उपस्थिति थियो । कार्यक्रम सञ्चालन संस्थाका सचिव मेघराज बास्तोला गरेका थिए । 

कार्यक्रममा जम्म ४ सय १५ जना बढीको उपस्थिति रहेको अध्यक्ष बस्नेतले बताए । सोही कार्यक्रमकाबिच भएको साधारणसभाले पुनः भूपाल बस्नेतको अध्यक्षतामा २१ सदस्यीय कार्य समिति चयन गरेको छ । साधारणसभाले झापाका सवै स्थानीयतहलाई समेटेर नयाँ कार्य समिति चयन गरेको छ । 

समितिको उपाध्यक्षमा गोबिन्दबिक्रम गिरी, सचिवमा मेघराज बास्तोला, सह–सचिवमा कुमार याक्सो र कोषाध्यक्षमा गौरिमाया चिमरियालाई चयन गरिएको छ ।  

त्यस्तै सदस्यमा टिकाराज ढकाल, नवीन पोख्रेल, कुमार सिटौला, रबिन कार्की, कल्पना राजवंशी, मित्रबहादुर बस्नेत, सुजन भण्डारी, फुलमाया लिम्बू, बिजु आचार्य, रिता कार्की कोइराला, रामबहादुर बस्नेत, रोजिना खड्का, झुमादेबि कार्की, शुकमाया लाभुङ लिङ्दम, मंगलसिंह राजवंशी र रामकुमार गौतम निर्वाचित भएको अध्यक्ष बस्नेतले जानकारी दिए ।