• टेकनारायण संग्रौला

मुलुक इतिहासकै सर्वाधिक कठिन मोडमा छ । यो परिप्रेक्ष्यमा हामी नेपाली जनताले ठूलो जिम्मेवारीको बोध गरेर सोही बमोजिम आफ्नो मताधिकार र धारणा स्वतन्त्र, स्पष्ट र भयरहित ढङ्गले निर्माण गर्न सकेनौं भने न नेपालको अस्तित्व रहन्छ, न नेपालीको अस्मिता रहन्छ । नेपाल र नेपालीको अस्तित्व समाप्त हुने सङ्केत स्पष्ट देखिन थालेको छ । राज्यका सबै संयन्त्रहरू निकम्मा र बाह्य शक्तिबाट निर्देशित हुन थालेका छन् । बोलिने तर नसुनिने, सुनिने तर नदेखिने लोकतन्त्रको भुँवरीमा नेपाली राष्ट्रियता, सार्वभौमिकता र पहिचान धुमिल हुन थालेको छ । 

वर्षौंदेखि पार्टीलाई आफ्नो बिर्ता र पुख्र्यौली सम्पत्ति ठान्ने अनि आफ्ना श्रीमती, छोराछोरी, ज्वाइँ, भाञ्जाभाञ्जी, भाइभतिज आदिलाई पहिलो प्राथमिकता, चाकडीवाज, हुक्केबैठके, आफ्नो भजन गाउने भक्तहरूलाई दोस्रो प्राथमिकतामा राख्ने अनि पार्टीका इमान्दार, कर्मठ, योग्य कार्यकर्ताहरूले उनीहरूको जुठोपुरोमा चित्त बुझाउनुपर्ने अत्यन्त पीडादायी अवस्था पटक पटक पनि दोहोरिरहेको छ । जाने, कहाँ जाने ? कलिलो उमेरदेखि बुढो भइञ्जेलसम्म सँधै पार्टीको खम्बा भएर त्यही मान्छे उभियो, जेलनेल भोग्यो, आफ्नो उर्वर समय त्यही पार्टीको लागि समर्पित ग¥यो र अन्त्यमा अपमानको माला पहिरिएर झण्डालाई हेर्दै पिलपिल आँखा बनाउन बाध्य भयो । घरको मूली रुँदैरुँदै आश्रम जानुप¥यो भने त्यही दिनदेखि त्यो घरको दुर्दशा शुरु हुन्छ । केही स्वाभिमानी कार्यकर्ताहरू छाती तन्काउँदै निर्भय भएर अधिकारको उपयोग गर्न अग्रसर नभएका चाहिँ होइनन्, तर त्यो पनि सत्ताको अहङ्कारका अगाडि विवश भयो । 

  • भनिन्छ, चुनाव लोकतन्त्रको गहना हो, तर ज्ञात रहोस् खाली चुनावको नाममा चुनाव मात्र गहना बन्न सक्दैन । स्वतन्त्र, स्वच्छ, भयरहित वातावरणमा, लोभलालसारहित स्वविवेकको प्रयोग गरी मतदाताले मतदान गरी सम्पन्न हुने चुनाव मात्र सही अर्थमा लोकतान्त्रिक चुनाव हो । त्यो चुनाव मात्र गहना बन्न लायक हुन्छ । रूपमा आएको परिवर्तनले मात्र जनताको जीवनस्तरमा परिवर्तन ल्याउने होइन, परिवर्तन त जनताका लागि उपलब्धिमूलक हुनुपर्छ ।  

 निश्चित उद्देश्य अनि सुन्दर भविष्यलाई मूलमन्त्र मानी मुलुक र जनताप्रति सदैव बफादार हुने प्रण गर्दै स्थापित भएका राजनीतिक दलहरू पूर्ण रूपमा पथभ्रष्ट भएका छन् । व्यवस्था परिवर्तन भएपछि बिग्रिएको अवस्था सुधार नगरी मुलुकमा परिवर्तन सम्भव छैन र दीनदुःखी नेपाली जनताको जीवनमा खुसीयाली आउँदैन । साँच्चै भन्ने हो भने व्यवस्था बिग्रेर तहसनहस भएको अवस्था सुधार्न व्यवस्था नै परिवर्तन हुनुपर्छ भन्ने जानकारी नभएका नयाँ दलहरूबाट पनि आशा गर्न सकिँदैन । 

अब पनि यिनै कुरूप दलहरूबाट सुन्दरताको कल्पना गर्नु हाम्रो अन्धोपना बाहेक केही होइन । जतिसुकै निकम्मा भए पनि तिनकै निर्देशनमा काम गरिरहने, तिनकै वरिपरि झुम्मिने हामी इमानदार तर विवेकहीन कार्यकर्ता र जनताको सोझोपनको फाइदा उठाउँदै सर्वदा कुकर्ममा लिप्त हुने प्रचलनलाई संस्थागत बनाइसकेका दलका कार्यकर्ता तथा नेपाली जनता र मतदाताले विवेक प्रयोग गर्न ढिला भइसकेको छ । 

सन्दर्भ हो,  कनकाईधाम कोटीहोम धार्मिक संस्थाको कार्यसमितिको हुन गइरहेको चुनाव । व्यक्तिहरू वीच, दलदल वीचमा हुने चुनावलाई स्वाभाविक मान्न सकिएला, सम्भव भएसम्म धार्मिक संस्थामा चुनाव हुनुलाई त्यति राम्रो मान्न सकिँदैन । तर यो चुनावमा जुन परिदृश्य देखिएको छ, त्यो अप्राकृतिक, अमिल्दो र अस्वाभाविक छ । एउटा धार्मिक संस्थामा सक्कली गणतन्त्रवादी, अर्ध गणतन्त्रवादी, नक्कली गणतन्त्रवादी अनि सक्कली हिन्दूवादी, नक्कली हिन्दूवादी र निरपेक्षवादी एउटै मोर्चामा छन् । यो भन्दा ठूलो राजनीतिक बेइमानी के हुनसक्छ ? विचारको यो भन्दा ठूलो  क्षयीकरण के हुन सक्छ ? यो विचारको दिवालियापन हो । आफ्नो स्वार्थ र अनुकूलताका लागि आफ्नो जीवन दर्शनको परित्याग ! सामान्य पदको लोभमा परेर सबै मूल्यमान्यतालाई घाटमा पु¥याउनु आफ्नो आस्थाको विसर्जन हो । यो दृश्य कुरूप छ र कारूणिक पनि छ । धर्मनिरपेक्षतावादी धार्मिक संस्थामा जान किन मरिहत्ते गरेका होलान् र हिन्दुवादीलाई त्यहाँ जान तिनै हिन्दुराज्य पुनःस्थापना गर्न अस्वीकार गर्ने धर्मनिरपेक्षतावादीको बैशाखी टेक्नु परेको होला ? सिधा र सरल उत्तर छ– निहित स्वार्थ र आफ्ना मूल्यमान्यता र सोचको विसर्जन । 

तसर्थ, कनकाईधाम कोटीहोमका मतदाताले सोच्ने बेला आएको छ । आफ्नो दलले जे भन्यो जे ग¥यो, त्यही कुरालाई ईश्वरवाणी सम्झन हुँदैन । नेताको आदेश निशर्त पालना गर्नुपर्छ भनेर हुँदैन । अहिलेसम्म हामीले मान्दै आएका पनि हौँ, तर हाम्रो अदूरदर्शी सोचका कारणले, आदेश पालना गरी नोकरजस्तो लुरुलुरु उनीहरूलाई पछ्याउँदै जाँदा विवेक बन्द गर्न पुग्यौं हामी । यही नै मुख्य कारण मुलुक बिग्रेको । यही कारणले राष्ट्रियता खतरामा परेको हो । यही कारणले राष्ट्र समस्यामा परेको हो । यही कारणले विदेशीको हस्तक्षेप बढिरहँदा हामी बोल्न नसकेको । नेताका अन्धभक्त भएका कारणले नै विदेशीको क्रिडास्थल हुँदा पनि हामी बोल्न सक्दैनौं, के भन्ने हुन् भनी आफ्ना नेताको मुख ताक्छौं । नेतालाई लाग्छ–जे गरे पनि, जे अ¥हाए पनि, आफूले जे गल्ती गरे पनि दास मनोवृत्तिका जनता हामीसँगै हुनेछन् । 

यो दासताका विरुद्ध बोल्ने बेला आएको छ । कोटीहोम धार्मिक संस्थाको निर्वाचनमा आफ्नो विवेकलाई प्रयोग गरेर अप्राकृतिक गठबन्धनलाई परास्त गराँै । यो अप्राकृतिक गठबन्धन स्वार्थले वशिभूत भएको गठबन्धन हो । अप्राकृतिक गठबन्धनलाई अस्वीकार गर्नु विद्रोहको शुरुवात हो । धार्मिक स्थलमा भएको अमिल्दो र कुनै सिद्धान्त र विचार बिनाको गठबन्धनले हित गर्दैन । यदि हामीले असल मानिसको छनौट ग¥यौँ भने सानै काम भए पनि ठूलो र असल कुराको शुरुवात हुनेछ । असल काम थोरै र सानैबाट शुरु हुन्छ । सबै मतदातामा अपिल छ–हृदयको आवाज सुनौं, मूल्यमान्यता विनाको स्वार्थले भरिएको गठबन्धन परास्त गरौँ । सबैको जय होस् । 

  • (सुरुङ्गा निवासी लेखक कनकाई नगर क्षेत्रका सामाजिक कार्यकर्ता तथा राजनीतिकर्मी हुन् ।)