चन्द्रगढी । 

भद्रपुर कला, साहित्य, संगीत प्रतिष्ठानले कार्तिक २ गते कवि गोष्ठी गर्ने भएको छ । भद्रपुर नगरपालिकाद्वारा गठित प्रतिष्ठानका अध्यक्ष चिन्तामणि दाहालको अध्यक्षतामा आज (शनिबार) बसेको बैठकले कार्तिक २ गते कवि गोष्ठी गर्ने निर्णय गरेको हो । 

उक्त कार्यक्रम सम्पन गर्न प्रतिष्ठानका उपाध्यक्ष खगिन्द्रा खुशीको संयोजकत्वमा राजु बराल, डिल्लीरमण नेपाल, लता खरेल, विकास पाण्डे  र महेन्द्र कोइराला सदस्य रहने गरी कार्यक्रम उपसमिति गठन गरेको छ ।

भद्रपुर नगरपालिका भित्रका प्रत्येक वडाबाट सहभागी बाल कविता प्रतियोगिताका साथै जिल्ला भित्रका कविहरुको सहभागितामा खुला कवि गोष्ठी गर्ने कार्यक्रम रहेको कार्यक्रम उपसमितिका राजु बरालले बताए । सोही कार्यक्रममा  साहित्यकार चुडामणि रेग्मीलाई सम्मान गरिने समेत निर्णय भएको उनले जानकारी दिए ।