• रन्जित परियार

बुट्टाबारी ।  

नवनासो साहित्य प्रतिष्ठान शिवसताक्षी–१ धरमपुर झापाले शुभकामना एवम् परिवेशका सुसेली गजल संग्रहको परिचर्चा कार्यक्रम सम्पन्न गरेको छ । 

कवि एवम् गजलकार जानुका गुरागाईबाट लेखित परिवेशका सुसेली संग्रहको केही समय अघि काठमाडौंमा बिमोचन भैसकेको पुस्तक हो । नवनासो साहित्य प्रतिष्ठान शिवसताक्षीले स्थानीय कवि एवम् गजलकार गुरागाईको कृति  पुस्तकमा समिटिएका गजलहरुप्रति परिचर्चा र गजल बाचन गरिएको थियो । 

बिशेष गरि गजल सङ्ग्रह अति मन छुने बहरमा  रहेको, पहिलो पुस्तकमै समिटिएको गजल रसिलो, समय सान्दर्भिक रहेको, आउँदा पुस्तकहरु पनि क्रमश प्रकाशनको तयारीमा रहेको र स्थानीय तहमा यसरी आफ्नो कृतिप्रति चासो राखी उक्त मौका दिएकोमा प्रतिष्ठानलाई हौसला प्राप्त भएको भन्दै कवि गुरागाईले खुसी व्यक्त गरिन् । 

कवि एवम् साहित्यकार मिलन कुमार ढुंगाना र बिवस बलिभद्र कोइरालाले परिवेशका सुसेली संग्रहको राम्रो नराम्रो पक्षमा परिचर्चा र सफलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा परिवेशका सुसेली गजल संग्रहबाट कवि एवम् साहित्यकार कृष्ण कश्यप, सानू दिल, सुनिता तामाङ, रुद्र प्रभाव, हरि पराजुली बिराज किराँती, लक्ष्मी रिजाल, तुलसी भट्टराई एवम् अभागी थेगुवा लगायतले बिजय दशमी दिपावली र छठलगायतको शुभकामनासहित गजल बाचन गरेका थिए । 

 

प्रतिष्ठानका अध्यक्ष दिलिप घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा कवि एवम् साहित्यकार केशव आचार्यको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा अर्जुनधारा नगर शिक्षा प्रमुख एवम् उप सचिव तोयानाथ रेग्मी, वडा न १ का अध्यक्ष लक्ष्मी चेम्जोङले गजल संग्रहको सफलताको शुभकामना व्यक्त गरेका थिए ।  कार्यक्रममा  स्वागत उपाध्यक्ष निहाङ्ग किरातीले गरेका थिए भने सहजीकरण सचिब तेजेन्द्र घिमिरेले गरेका थिए ।