बिर्तामोड । 

झापामा ‘प्रथम जिल्ला स्तरीय डोरीतान आउटडोर च्याम्पीयनसीप २०८०’ हुने भएको छ । झापा जिल्ला डोरीतान संघको आयोजनामा बिर्तामोडमा आगामी कात्र्तिक २४ गते डोरीतान प्रतियोगिता हुन लागेको हो । 

संघले मंगलबार (आज) बिर्तामोडमा पत्रकार सम्मलेनको आयोजना गरी प्रतियोगिताको तयारीको बिषयमा जानकारी दिएको हो । आठ जनाको एउटा टिम रहने डोरीतान खेलमा आयोजकसहित १९ वटा टिमको सहभागीता रहने संघकी झापा अध्यक्ष युनिता दवाडीले पत्रकार सम्मेलनमा जानकारी दिइन् ।

झापा १५ वटै पालिकाबाट टिम आउने, तीनवटा बिभागीय टिम मध्ये दुई वटा टिम निश्चित भइसकेको र एउटा पनि हुने बताउँदै एउटा आयोजकको टिम रहने अध्यक्ष दवाडीले बताइन् । प्रतियोगितामा आउने खेलाडी पालिकाकै सिफारिसमा आउनु पर्ने आग्रह गरिएको, पालिकाभित्रैको खेलागी हुनुपर्ने साथै प्रतियोगिता नियम भन्दा बाहिर खेल्न नपाइनेसमेत अध्यक्ष दवाडीले बताएकी छिन् । 

प्रतियोगिातमा बिजेता टिमलाई नगद ३१ हजार, उपबिजेता टिमलाई नगद २१ हजार रुपैयाँसहित ट्रफी, मेडल, प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । प्रतियोगिताका लागि  ५ लाख ५ हजार रुपैयाँ अनुमानित खर्च हुने आयोजकले जनाएको छ । 

पत्रकार सम्मेलनमा संघकी केन्द्रिय सदस्य संगिता चिमरिया, प्रदेश अध्यक्ष रिता न्यौपाने, झापा सदस्य मेनुका उप्रेती, खेलका रेफ्री सन्तोष तामाङलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन संघकी कोशी प्रदेश उपाध्यक्ष हिमा मिश्र पौडेलले गरेकी थिइन् । 

dori tan

नेपालका ६ प्रदेश र ५३ जिल्लामा तोरीतान संघ गठन भइसकेको संघका केन्द्रिय उपाध्यक्ष डा.सुवासश्री पोखरेलले जानकारी दिएका छन् । नेपालको मात्र नभएर डोरीतान खेल अन्य देशमा लोकप्रिय रहेको उनले बताए । यो खेल नेपालमा आएपनि संस्थागत हुन नसक्दा आधिकारिक खेलाडीको भविष्य पनि नहुने भएपछि सन् २००७ मा राष्ट्रिय खेलकुद परिषदको पहलमा अन्तर्राष्ट्रिय डोरीतान महासंघबाट सम्बन्धन प्राप्त नेपाल डोरीतान संघ दर्ता भएको उनले जानकारी दिए । सोही कार्यक्रमकाबिच वंगलादेशमा हुने अन्तर्राराष्ट्रि डोरीतान खेलमा सहभागी हुने खेलाडीहरुलाई समेत बिदाई गरिएको थियो । 

संरक्षक राष्ट्रिय खेलकुद परिषद, कोशी प्रदेश डोरीतान संघ रहने छन् भने सहयोगी संस्था झापा जिल्लाका सवै पालिका, कोशी प्रदेश डोरीतान संघ र मोरङ जिल्ला डोरीतान संघ रहेको जनाइएको छ ।