• आषिका लम्साल  

विराटनगर ।

देशकै पहिलो मनमोहन प्राविधिक विश्वविद्यालयले शिक्षक र कर्मचारीहरुलाई  सपथग्रहण गराएको छ । प्राविधिक विश्वविद्यालयले आफनो सेवा बिस्तारका लागि स्थायी र नयाँ नियुक्त्त भएका बढुवा भएका २७ जना शिक्षक र कर्मचारीहरुलाई आफन्तको उपस्थितिमा नियुक्त्ति प्रदान गरि सपथग्रहरण गराएको हो । 

मोरङ बुढीगंगा गाउँपालिका ४ हात्तीमुढामा रहेको विश्विद्यालयको केन्द्रिय कार्यालयमा विहिवार आयोजना भएको सपथग्रहण कार्यक्रममा स्थायी र बढुवा हुने २१ जना र खुल्लाबाट पदपुर्ति भएका ६ जना नयाँ अधिकृतहरुले  नियुक्त्तिपत्र लिएर आफन्तको उपस्थितीमा सपथ लिए । सपथका क्रममा सबै कर्मचारीहरुले आफुहरु ऐन नियम र अनुशासनको पालना गर्दै विश्वविद्यालयको दत्तचित्त भएर सेवा गर्ने प्रतिबद्धता जनाए । 

स्थायी हुने र बढुवा भएका अनि नयाँ पदपुर्ति भएका सबै कर्मचारीहरुलाई विश्वविद्यालयका राजिष्ट्रार डा दिलनाथ फुँयालले नियुक्त्तिपत्र प्रदान गरि सपथ ग्रहण गराएका थिए । 

सपथ समारोहमा पुर्व समाजिक विकासमन्त्री तथा विश्वविद्यालयका संरक्षण समिति सदस्य जिवन घिमिरे, संरक्षण समिति सदस्य सत्यनारायण चौधरी विश्वविद्यालयका उपकुलपति डा. सुवासश्री पोखरेल लगायतले कर्मचारीहरुले प्रतिस्पर्धी र सृजनशिल बनेर काम गर्न सकेमात्र विश्वविद्यालयको दु्रत रुपमा स्तरोन्नती हुनसक्ने बताए । उपकुलपति डा सुवासश्रीले तिहार लगत्तै थप २० जना कर्मचारीहरुहरु नियुक्त्तहुने र त्यसपछि केन्द्रिय कार्यालयको काम प्रभावकारी ढंगले अगाडी बढने बताए । 

मनमोहन प्राबिधिक विश्वविद्यालय कोशी प्रदेश सरकारले २०७६ सालमा स्थापना भएको देशकै पहिलो विश्वविद्यालय हो । यस विश्वविद्यालयमा   स्कुलअफ इन्जिनियरिङ्ग,  स्कुलअफ एप्लाईड साइन्स एण्ड टेक्नोलोजी र स्कूलअफ मेडिसिन एण्ड एलाइड हेल्थ साइन्सेज सञ्चालनमा छन् । विश्वविद्यालयमा हाल स्नातक तहको सिभिल र इलेक्ट्रीकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ्ग अनि स्नातक तहको मेडिसिन एण्ड एलाइड हेल्थ साईन्सेजतर्फको कक्षा सञ्चालन भैरहेको छ । यो विश्वविद्यालयले चाँडै प्राकृतिक चिकित्सा र आर्टिफिसियल मेडिकल टेक्नोलोजी र अस्पताल मनेजमेन्टबारेको स्नातक तहको कक्षा सञ्चालन गर्ने तयारी पनि पुरा गरेको छ । यो विश्वविद्यालयको मनमोहन पोलिटेक्निक नामको आफनै आंगिक शिक्षालय पनि रहेको छ ।  

यो विश्वबिद्यालयले तीन वटा स्कूलहरु अन्तर्गत दशवर्षमा स्नातक, स्नातकोत्तर र विद्यावारधी(पिएचडी) गरी २८ वटा विभिन्न विषयहरु सञ्चालन गर्ने लक्ष्य  लिएको छ ।    

मनमोहनले सूचनाप्रविधि, मेडिकल ल्याबोरोटरी टेक्नोलोजी, पब्लिक हेल्थ,फार्मेसी, स्ट्रक्चरल इन्जिनियरिङ्ग,वपावर सिस्टम इन्जिनियरिङ्ग, इन्भाइरोमेन्टल हेल्थ एण्ड सेफटी, नेचुरल रिसोर्स म्यानेजमेन्ट एण्ड डेभलप्मेन्ट, हेल्थपोलिसी, इनोभेसन एण्ड म्यानेजमेन्ट, बायोमेडिकल,  मेकानिकल, अटोमोबाइल, एग्रीकल्च, अप्टोमेट्री, होटल म्यानेज्मेन्ट, ट्रान्सपोर्टेसन, टनेल ईन्जिनियरिङग लगायतका विभिन्न बिषयमा पठनपाठन गराउदै जाने योजना तयार पारेको छ ।