बिर्तामोड । 

नेपाल अग्रेजी भाषा शिक्षक संघ (नेल्टा) झापाले तीन दिने पुस्तकालय व्यवस्थापन तथा सीप विकास तालिम गरेको छ । झापाको बिर्तामोडस्थित महेन्द्ररत्न मावि विर्तामोडमा सोमवारदेखि शुरु भएको तालिम भोली बुधवार सम्पन्न हुनेछ ।  तालिममा झापाका विभिन्न विद्यालय, क्याम्पस र शैक्षिक प्रतिष्ठानका २५ जना पुस्तकालय संयोजक, पुस्तकालय प्रमुख तथा कर्मचारीको सहभागिता रहनेछ । 

त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयको सहयोगमा सञ्चालित तालिममा पुस्तकालयका लागि पुस्तक छनोट, पुस्तक खरिद प्रक्रिया, पुस्तक दर्ता प्रक्रिया, पुस्तक वर्गीकरण, पुस्तक रखाइ, पुस्तक वितरण र संरक्षणका बारेमा प्रशिक्षण केन्द्रित रहने तालिम संयोजक एवम् नेल्टा झापाका पूर्व अध्यक्ष धर्मेन्द्र भट्टराईले बताए ।

सो तालिममा त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय कीर्तिपुरका प्रमुख सागरराज सुवेदी र पुस्तकालय अधिकृत विजय शर्माले सहजीकरण गर्नेछन् । तालिममा संसारमा प्रचलित पुस्तकालय सञ्चालनका विविध प्राविधिक पद्धतिका सम्बन्धमा स‌ैद्धान्तिक र व्यावहारिक पक्षका बारेमा प्रकाश पारिने जनाइएको छ । 

नेल्टा झापा अध्यक्ष प्रकाश पराजुलीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको सञ्चालन नेल्टा झापा सचिव केशव उप्रेतीले गरेका थिए ।