भद्रपुर। 

स्वास्थ्य कार्यालय झापा प्रदेश प्रथम भएको छ । कार्यालयले सम्पादन गरेको कामको मूल्यांकनको आधारमा कोशी प्रदेशका १४ जिल्ला मध्ये स्वास्थ्य कार्यालय झापा प्रथम घोषित भएको हो । 

कोशी प्रदेश स्वास्थ्य निर्देशनालयले कार्यालयको कामको मूल्यांकन गर्दै प्रथम पुरस्कारसहित प्रशंसा पत्र प्रदान गरेको छ ।कात्तिक २१ देखि २३ गतेसम्म सञ्चालित प्रदेश स्तरीय एकीकृत वार्षिक समिक्षा गोष्ठी कार्यक्रममा स्वास्थ्य सचिव डा. सुधा देवकोटाले स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटीलाई पुरस्कार प्रदान गरेका थिए ।

कार्यालयका साथै झापाका सबै पालिकाका स्वास्थ्य शाखा, स्वयम्सेविका लगायत सरोकारवाला सबै निकायको सहयोग र सहकार्यका कारण प्रदेश प्रथम हुन सफल भएको प्रमुख बराकोटीले बताए।

उनले स्वास्थ्य निर्देशनालले प्रथम घोषित गरेर पुरस्कृत गरेकामा धन्यवाद दिँदै आगामी दिनमा कार्यालयले अझ राम्रो काम गर्ने प्रतिबद्धता जनाएका छन् । गोष्ठीको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले गरेका थिए ।