बिर्तामोड । 

अन्तर पालिका जिल्ला स्तरीय लिग तथा नकआउट फुटबल (झापा लिग) मा सहभागी हुने खेलाडीहरुलाई बिर्तामोडबाट विदाइ गरिएको छ । नगर खेलकुद विकास समितिको आयोजनामा भएको एक संक्षिप्त कार्यक्रममा नगर प्रमुख पवित्रा महतारा प्रसाई र प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले खदा लगाएर विदाइ गरेका हुन् । 

नगर प्रमुख प्रसाईले प्रतियोगिताको टाइटल जितेर आउन शुभकामना दिइन् । नगरपालिकाले खेलाडीहरुलाई सिमित स्रोत साधनमा भएपनि सहयोग तथा प्रोत्साहन गरिरहेको उनले बताइन्  । यस्तै प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले प्रतियोगिता प्रतिष्ठाको विषय भएकोले जितेर आउन खेलाडीहरुलाइ शुभकामना व्यक्त गरे ।

कार्यक्रममा टिम क्याप्टेन विक्की चौधरी र प्रशिक्षक योगेश गुरुंगलाई नगर प्रमुख प्रसाई र प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले जर्सी हस्तान्तरण गरेका थिए । विदाई कार्यक्रममा नगरका वरिष्ठ योजना अधिकृत जय तिम्सिना लगायतको उपस्थिति रहेको थियो । नगर खेलकुद विकास समितिकी उपाध्यक्ष आइतमाया शेर्माले स्वागत गरेको कार्यक्रमको सन्चालन सचिव विसन लिम्बुले सन्चालन गरेका थिए ।  बिर्तामोडले आज हल्दिबारीसंग पहिलो खेल खेल्दै छ ।