बिर्तामोड ।

साहित्य र अध्ययनप्रति रुची राख्नेहरुको एक भेलाले वीरता रिडर्स नामक संस्था स्थापना गरेको छ । पठन संस्कृतिको विकास र लेखन क्षेत्रको प्रबद्र्धन गर्ने उद्देश्यले गठन गरिएको समितिको संयोजकमा लेखक तीर्थ सिग्देल रहेका छन् ।

बिर्तामोडमा सोमबार (आज) अध्ययनमा रुची राख्नेहरुको सो भेलाले वीरता रिडर्सको सह–संयोजकमा केशव मैनालीलाई चयन गरेको छ । जसका सदस्यहरुमा टिएन (दिपक) वाग्ले, राधिका विष्ट, एकराज प्रधान, दिपेन लिम्बू, सकुन्तला बेघा, तिलक गजमेर, विवेक योङहाङ, सुरज बम्जन, राज कनत्रमणि, र तीर्थराज नेपाल रहेका छन् ।

यो संस्थाले लेखन तथा साहित्य क्षेत्रको विकासका लागि विभिन्न रचनात्मक कार्यक्रम सञ्चालन गर्नुका साथै विभिन्न प्रकाशन गृहसँग सहकार्य, लेखकहरुसँग सम्वाद, साहित्यिक उत्सव लगायतका गतिविधि गर्ने उद्देश्य रहेको बताइएको छ । प्रकाशन गृह तथा लेखकहरुसँगको सम्वाद तथा अन्तरक्रियामार्फत् समीक्षा तथा प्रचारप्रसारको कार्य समेत गर्ने जनाइएको छ ।