दमक । 

झापाको कमल गाँउपालिकामा रहेको प्रादेशिक आर्युवेद अस्पताल लखनपुरमा थप सेवा विस्तार गरिने भएको छ ।  । १४ महिना अघि नै सञ्चालनमा आएको आर्युवेद अस्पतालमा डा. सिद्धार्थ ठाकुर निमित्त निर्देशकको रुपमा आएपछि सेवा विस्तार गरिने गरिएको हो । 

अस्पतालमा ओपडि सहितका केही सेवाहरुलाई शुचारु गरेर आएका विरामीहरुलाई सेवा प्रदान गरिदै आएको छ । सकेसम्म निःशुल्क रुपमा औषधि समेत उपलब्ध गराइदै आएकोछ ।

५० शैयाको क्षमताको प्रोदेशिक आर्युवेद अस्पतालमा करारसहित १९ जनामात्र स्वास्थ्यकर्मी तथा कर्मचारी कार्यरत रहेका छन् । थोरै जनशक्ति भएपनि पञ्चकर्म, भिडियो एक्स रे, ल्याव लगायतको सेवा शुरु गरिएको बाइएको छ । इमरजेन्सि सेवा विस्तारको लागि पनि आवश्यक काम भइरहेको बताईको छ ।