दमक । 

झापाको कमल गाउँपालिकास्थित लखनपुरमा सञ्चालित प्रादेशिक आर्युवेद अस्पतालमा पाइल्स, फिस्टुला, फिसर जस्ता मलद्धारमा हुने रोगको जाँच तथा उपचार शुरु गरेको छ । 

अस्पतालले सञ्चालन गरेको शिविरमा ५ सय जना भन्दा बढि विरामीलाई निःशुल्क जाँच तथा उपचार गराएको छ । क्षारसूत्र विधिबाट पायल्सका विरामीको उपचार पनि शुरु गरिएको अस्पतालले जनाएको हो । 

५० बेड क्षमताको आर्युवेद अस्पतालमा ईमरजेन्सि लगायतका सेवा समेत शुरु गर्न लागिएको छ । अस्पतालले सरकारले तोकेका औषधिहरु विरामीलाई निःशुल्क वितरण गर्दै आएको जनाएको छ ।