अर्जुनधारा । 

झापाको अर्जुनधारा नगरपालिकाले अन्तर पालिकास्तरीय लिग  नकआउट फुटबल प्रतियोगितामा च्याम्पियन बनेको टिमलाई नगदसहित सम्मान गरेको छ । 

झापा भद्रपुर गोल्डकपको आयोजनामा केहीदिन अघि भद्रपुरस्थित चन्द्रगढीमा भएको प्रतियोगिताको उपाधि जित्ने  खेलाडी तथा अफिसियललाई आइतबार (आज) अर्जुनधारा नगरपालिकाले नगदसहित सम्मान गरेको हो । 

नगर प्रमुख बलदेव सिंह गोम्देन तामाङले आफूले उद्घोष गरेअनुसार नगदसहित खेलाडीलाई सम्मान गरिएको जानकारी दिए ।   उनले खेलकुदमा अब्बल सावित भएको अर्जुनधाराले अब पालिकास्तरीय फुटबल प्रतियोगिता आयोजना गर्ने घोषणा समेत गरेका छन् ।  बुद्धशान्तिलाई ३–० गोलको फराकिलो अन्तरले पराजित गर्दै अर्जुनधाराले उपाधि हात पारेको थियो । 

प्रतियोगिताको उपाधि उचाल्दै अर्जुनधाराले नगद तीन् लाखसहित  ट्रफी पाएको हो । कार्यक्रममा नगर प्रमुखसँगै उपप्रमुख खड्गमाया पराजुलस्, वडाध्यक्ष, नगर सभा सदस्य, प्रमुख प्रशासकीय अधिकृत, शाखा प्रमुखलगायतले खेलाडीहरुलाई नगदसहित सम्मान गरेका थिए ।