भोजपुर । 

नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियू भोजपुर जिल्ला कमिटीले कोशी प्रदेश स्तरिय ‘युवा विद्यार्थी पलायन, परिस्थिति र परिवर्तनको बाटो’ विषयक वक्तित्वकला आयोजना गरेको छ । 

अनेरास्ववियू भोजपुर जिल्ला कमिटी अध्यक्ष प्रकाशसिंह राईको अध्यक्षता र अनेरास्ववियू केन्द्रीय अध्यक्ष आरती लामाको प्रमुख आतिथ्यमा सम्पन्न भएको वक्तित्वकलामा दिक्तेल बहुमुखी क्याम्पस खोटाङका मित्रनाथ खनाल प्रथम, केन्द्रीय प्रविधि क्याम्पस धरानका ओसिन थापा दोस्रो र भोजपुर बहुमुखी क्यापस भोजपुरका प्रतिमा पाण्डे तेस्रो भएका थिए । 

प्रथम, दोस्रो र तेस्रो प्रतियोगीलाई क्रमश नगद रू २००००, १५००० र १०००० रकमका साथै प्रमाणपत्र र शील्ड प्रदान गरिएको थियो ।