कमल । 

झापाको कमल गाउँपालिका ३ केर्खामा रहेको कर्मणी बचत तथा ऋण सहकारी संस्थाको ७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । मंगलबार सम्पन्न संस्थाको वार्षिक साधारण सभाको उद्घाटन कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले गरेकी थिइन् । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गाउँपालिकाकी उपाध्यक्ष  तिवारीले सदस्यहरुको आर्थिक स्तर उकास्न सहकारीले महत्वपूर्ण भूमिका खेल्ने गरेको बताइन् । कार्यक्रममा कमल ३ का वडाध्यक्ष कमल कोइराला, कमल गाउँपालिका स्तरीय सहकारी समन्वय समितिका अध्यक्ष शरणकुमार पराजुलीलगायतका अतिथिहरुले शुभकामना मन्तव्य राखेका थिए ।

संस्थाले वार्षिक साधारणसभाको अवसरमा विभिन्न व्यक्तिहरुलाई सम्मान तथा पुरस्कृत गरेको थियो । संस्थाद्वारा पुरस्कृत हुनेहरुमा व्यक्तिगत बचत तर्फ दुर्गा प्रसाद पोख्रेल, साधारण बचत तर्फ सन्तोस गामी, कर्मणी नियमित बचत तर्फ सुनिता सुब्बा, कर्मणी पेन्सन बचत तर्फ उर्मिला राई, बाल बचत तर्फ आयुश विष्ट, खुत्रेके बचत तर्फ कविता सेलेहिम, जेष्ठ नागरी बचत तर्फ साङ्गमाला तामाङ्ग र उत्कृष्ट कर्जा तर्फ बम बहादुर फ्याकलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।

संस्थाका अध्यक्ष त्रिलोचन गौतमको अध्यक्षतामा सम्पन्न साधारण सभामा स्वागत सदस्य दुर्गाप्रसाद बनियाले गरेका थिए भने, कार्यक्रम सञ्चालन सचिव लेखनाथ सुवेदीले गरेका थिए । संस्थामा एक हजार १६ जना सदस्य छन् ।