लक्ष्मीपुर । 

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगत न्यानो कपडा तथा शैक्षिक सामाग्री वितरण गर्ने भएको छ । 

झापाको बिर्तामोड–२ चारपानेमा मुख्य कार्यालय रहेको साकोसले भोली (शुक्रवार) मेचीनगरका दुई वटा सामुदायिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीलाई न्यानो कपडा तथा शैक्षिक सामाग्री वितरण गर्न लागेको संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले जानकारी दिए । 

बिभिन्न सामाजिक कार्य गर्दै आएको नेपालकै सवै भन्दा ठूलो सहकारीले मेचीनगर १ स्थित देवि प्राबिका ४२ जना र मेचीनगर ४ स्थित दिपेन्द्र प्राबिका ८४ जना बिद्यार्थीलाई उक्त सामाग्री वितरण गर्न लागेको संस्थाका उप–विभागीय प्रमुख गोपाल भट्टराईले जानकारी दिए । 

शैक्षिक सामाग्री अन्तरगत कापी, पेन्सिल, इरेजर, कटर, कलर पेन्सिललगायत र न्यानो कपडा अन्तरगत बिद्यालयको युनिफर्म (ट्याकसुट) वितरण गरिने उप–विभागीय प्रमुख गोपाल भट्टराईले बताए । उनका अनुसार दुवै बिद्यालयमा गरेर शैक्षिक सामागी ५० हजार र न्यानो कपडा एक लाख रुपैयाँ बराबरको बितरण गरिनेछ ।