• रन्जित परियार

बुट्टाबारी । 

जुनकीरी सार्वजनिक आधारभुत बिद्यालय एवम् मनमाया आमा बालगृहका बालबालिकाहरुलाई ब्याग तथा जुत्ता बितरण गरिएको छ ।

झापा बिर्तामोड निवासी ब्यवसायी रजक साइबवालाले आफ्नो जीवन साथी सोनाल मित्तल साइबवालाको जन्मदिन अवसर पारेर आमा र सासुआमासहित बिद्यालयका ३० जना विद्यार्थीहरुलाइ ब्याग, जुत्ता र एक दिनको खाजा बितरण गरेका छन् । 

फजुल खर्च गर्नु भन्दा असहाय बालबालिकाहरुको अनुहारमा हासोसहित केही सेवा सहयोग गरि आफ्नो जन्मदिन मनाउने चाहाना श्रीमान रजकले ब्यवस्थापन गरि दिएकोमा खुसी लागेको सोनालले बताइन् । 

आउँदा दिनमा अझ शिक्षा क्षेत्रमा सहयोग गर्ने रजकले बताए । त्यसरी छोरीको जन्मदिन मनाउन पाउँदा आमा नेहा मित्तल र सासुआमा बिना साइबवालाले दीर्घ जीवनसहित परोपाकरी कार्यले खुसी भएको बताए । 

कार्यक्रममा जुनकीरी  बिद्यालय एवम् बन्दी सहायता नेपाल पुर्वान्चल शाखा अध्यक्ष एवम् सस्थापक जगतबहादुर मगरले बालगृह एवम् बिद्यालयका बालबालिकाहरुलाई आवश्यक सामग्री बितरण गरेर सहयोग गरेकोप्रति धन्यवाद व्यक्त गरे । कार्यक्रमको सहजीकरण प्रधानाध्यापक रन्जित परियारले गरेका थिए ।