बिर्ताबजार । 

झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ३ स्थित बिर्ताबजारमा मुख्य कार्यालय रहेको गरामनी कृषि सहकारी संस्थाले १६ औ बार्षिक साधारणसभा सम्पन्न गरेको छ । 

संस्थाले शनिवार (आज) बिर्ताबजारमा बार्षिक साधारणसभा सम्पन्न गरेको हो । संस्थाका अध्यक्ष ताराप्रसाद चापागाईको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकाललको प्रमुख आतिथ्य रहेको थियो । संस्थाका लेखा समिति संयोजक पदमप्रसाद बाँस्कोटाले स्वागत तथा लेखा प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन संस्थाकी ब्यवस्थापक मनिता घिमिरेले गरेकी थिइन् । 

कार्यक्रममा प्रमुख अतिथि ढकाल, श्री रामजानकी साकोसका कोषाध्यक्ष जीवन सुवेदीलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा बर्ष उत्कृष्ट कर्मचारीका रुपमा मुनादेबी आपागाई, उत्कृष्ट बचतकर्ताका रुपमा रमेशकुमार राई, उत्कृष्ट ऋणिका रुपमा पुष्पबहादुर कोइराला र उत्कृष्ट बालबचतकर्ताका रुपमा आषुतोष देवलाई सम्मान गरिएको थियो ।

garamani

सम्मानीत ब्यक्तित्वहरुलाई प्रमुख अतिथि ढकाल, संस्थाका अध्यक्ष चापागाई, जिल्ला सहकारी संघ झापाका सह–सचिव कृष्णप्रसाद मिश्रलगायतले सम्मानपत्र, दोसल्ला तथा नगदले सम्मान गरेका थिए । 

आर्थिक बर्ष २०७९/८० सम्ममा २ हजार १६१ जना शेयर सदस्य रहेको संस्थाको शेयरपुँजी १ करोड ७० लाख २ हजार २०० रुपैयाँ रहेको अध्यक्ष चापागाईद्धारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । 

अध्यक्ष चापागाईको प्रतिवेदन अनुसार यस आवमा कोष हिसाव ३६ लाख ८० हजार ६१९ रुपैयाँ ५३ पैसा, बचत हिसाव ३ करोड ६८ लाख ३० हजार ६३ रुपैयाँ ४० पैसा, लगानीमा रहेको ऋण ७ करोड २३ लाख ४० हजार १५४ रुपैयाँ ८२ पैसा, आम्दानी हिसाव १ करोड ३८ लाख ७३ हजार ९५७ रुपैयाँ ९२ पैसा, खर्च हिसाव १ करोड ३६ लाख २७ हजार ८३३ रुपैयाँ ७ पैसा रहेको छ ।