काठमाडौं । 

इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा रहेको लिभरपुलले सानदार जित निकालेको छ । सोमबार राति सम्पन्न खेलमा मोहम्मद सलाहल चम्किदा लिभरपुलले न्यूक्यासल युनाइटेडमाथि ४–२ गोल अन्तरकाने शानदार जित निकालेको हो । 

घरेलु मैदान एनफिल्डमा लिभरपुललाई जिताउनका मोहम्मद सलाहले २ गोल गर्दा कर्टिस जुलियन जोन्स र कोडी म्याथेस गाक्पोले एक एक गोल थपेका थिए । न्यूक्यासलका लागि अलेक्जेन्डर आइज्याक  र स्वेन एड्रियान बोटम्यानले एक एक गोल फर्काए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा सबै गोल दोस्रो हाफमा निस्किएका हुन् ।

४९ औं मिनेटमा सलाहले डार्विन गेब्रियल नुनेजको पासमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । अलेक्जेन्डर आइज्याकले ५४ औं मिनेटमा एन्थोनी गोडोनको पासमा गोल गर्दै न्युक्यासलाई १–१ को बराबरीमा ल्याएका थिए ।

७४ औं मिनेटमा कर्टिस जुलियन डिएगो जोटाको पासमा  गोल गर्दै २–१ ले लिभरपुललाई अघि बढाएका थिए । ७८ औं मिनेटमा सलाहको पासमा कोडी म्याथेस गाक्पोले गोल गरेपछि लिभरपुल ३–१ को अवस्थामा पुगेको थियो । ८१ औं मिनेटमा सिन डेभिडन लङस्टाफको पासमा एड्रियान बोटम्यानले गोल गर्दै अन्तर ३–२ मा झारेका थिए । तर, ८६ औं मिनेटमा मोहमद सलाहले पेनाल्टीमा गोल गरेपछि लिभरपुल ४–२ को फराकिलो जित निकाल्न सफल भयो । 

जितसँगै शीर्ष स्थानमा रहेको लिभरपुलले ३ अंकको अग्रता बनाएको छ । लिभरपुलले २० खेलबाट ४५ अंक बनाउँदा दोस्रो स्थानमा रहेको  एस्टन भिल्लाको समान खेलबाट ४२ अंक रहेको छ । लिभरपुलसँग पराजित भएको न्यूक्यासल भने २९ अंकका साथ नवौं स्थानमा छ ।