मेचीनगर । 

झापाको मेचीनगरमा सञ्चालित प्रकृति सुपारी सहकारी संस्था लि. मेचीनगरको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ ।  फुलमाया तामाङको अध्यक्षता तथा मेचीनगर–९ का वडाध्यक्ष कन्चन तामाङको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा सुपारी किसानलाई ब्यवसायिक बनाई उत्पादन, प्रशोधन र बजारीकरणमा लाग्नु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा सुपारी खेती विकास संस्थाका अध्यक्ष देबीप्रसाद खतिवडा, राष्ट्रिय सहकारी बैंक धुलाबारी शाखा प्रबन्धक मुना घिमिरेलगायतले शुभकामना मन्तव्य राखेका थिए  ।

उपाध्यक्ष मनमाया तामाङले स्वागत गरेको कार्यक्रमको सञ्चालन देबिमाया तामाङले गरेकी थिइन् । सभाले आब। २०८०/२०८१ का लागि २ करोड ७० लाख  रुपैयाँको प्रस्तावित बजेट पेस गरेको छ ।

सहकारीले बचत, ऋण कारोबारसँगै सुपारी उत्पादन(प्रशोधन र बजारीकरण गरी सदस्यलाई ब्यवसायिक बनाउने कार्ययोजना अघि सारेको सदस्य जगत बहादुर तामाङले जानकारी दिए ।