हल्दिबारी ।
झापाको हल्दीबारी गाउँपालिकाले प्रथम बालमैत्री घोषणा गर्ने वडालाई १० लाख रुपैयाँ दिने घोषणा गरेको छ । ५ वटा वडा रहेको हल्दिबारीमा सवैभन्दा पहिले बालमैत्री वडा घोषणा गर्ने वडालाई १० लाख रुपैयाँ दिने घोषणा गरेको हो ।
गाउँपालिकाको मंगलबार बसेको पहिलो बालमैत्री स्थानीय शासनको गाउँपालिका स्तरीय बैठकमा गाउँपालिका अध्यक्ष रवीन्द्रप्रसाद लिङ्देनले गाउँपालिकाको सिलिङ बजेटबाट पहिलो बालमैत्री घोषणा गर्ने वडालाई १० लाख रुपैयाँ दिने घोषणा गरेका छन् ।
पालिकाका अध्यक्ष लिङ्देनको अध्यक्षतामा मंगलबार बसेको बालमैत्री स्थानीय शासन समितिको बैठक सम्पन्न भएको थियो । बैठकमा कार्यपालिका सदस्यहरु, कर्मचारी, बाल सञ्जालका प्रतिनिधि लगायतको उपस्थिति रहेको हल्दिबारी बाल सञ्जालका अध्यक्ष पवन गिरीले जानकारी दिए ।


















