बिर्तामोड । 

झापा जिल्ला सहकारी संघले बिभिन्न बिधामा ११ जनालाई सम्मान तथा पुरस्कृत  गरेको छ । संस्थाको २७ औं बार्षिक साधारणसभाका अवसरमा बुधवार (आज) बिर्तामोडमा उनीहरुलाई सम्मान तथा पुरस्कृत गरेको हो ।  संस्थाले २०७९ चैत २० गते ६६ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा घोषणा गरिएका बिधाका पुरस्कार तथा सम्मान बितरण गरेको हो । 

सम्मान तथा पुरस्कृत हुनेमा झापाली सहकारी सम्मान पुरस्कारबाट राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेल छन् । उनलाई नगद २५ हजार ५५५ रुपैयाँसहित सम्मानपत्रले सम्मान गरिएको छ । 

jhapa sahakari

पूर्व सञ्चालक सम्मानबाट देबीप्रसाद दाहाल, उत्कृष्ट सञ्चारकर्मीका रुपमा पत्रकार गोबिन्दचन्द क्षेत्रि, उत्कृष्ट कृषि सहकारीका रुपमा बुद्धशान्तिको होक्से कृषि सहकारी, उत्कृष्ट बहुउद्देश्यीय सहकारीका रुपमा मेचीनगरको मेची कृषक बहुमुखी सहकारी, उत्कृष्ट बचत तथा ऋण सहकारीका रुपमा मेचीनगरकै पूर्वीद्धार साकोस, उत्कृष्ट बचत कारोवारका रुपमा कमलको नवोदय बहुउद्देश्यीय, उत्कृष्ट कर्जा कारोवारका रुपमा हल्दिबारीको हाम्रो गोलधाप कृषि सहकारीलाई सम्मान तथा पुरस्कृत गरिएको छ । सम्मानीत ब्यक्ति तथा संस्थालाई जनही १० हजार ५५५ रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको थियो । 

त्यसैगरी उत्कृष्ट ब्यवस्थापक महिलातर्फ दमकको नवदुर्गा बहुउद्देश्यीय सहकारीकी धनकुमारी पौडेल र पुरुषतर्फ गौरदहको शुभलक्ष्मी बहुउद्देश्यीय सहकारीका तीलक कार्कीलाई सम्मान तथा पुरस्कृत गरिएको छ । उनीहरुलाई जनही ५ हजार ५५५ रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको छ । उत्कृष्ट पालिका समन्वय समितिका रुपमा गौरीगञ्ज पालिका सहकारी समन्वय समितिलाई सम्मान गरिएको छ । 

संस्थाका अध्यक्ष गणेश ढकालको अध्यक्षतामा भएको कार्यक्रममा कोशी प्रदेश सांसद एकराज कार्कीलेको प्रमुख आतिथ्य रहेको थियो । स्वागत संस्थाका वरिष्ठ उपाध्यक्ष महेन्द्रकुमार गिरीले गरेको कार्यक्रमको सञ्चालन सचिव भवानीप्रसाद दंगालले गरेका थिए । 

आर्थिक बर्ष २०७९÷०८० सम्ममा ४९२ संघ/संस्था आवद्ध रहेको संस्थाको शेयरपुँजी ३ करोड ८९ लाख २३ हजार १०० रुपैयाँ रहेको अध्यक्ष ढकालद्धारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । त्यस्तै संस्थाको भद्रपुरमा ३ कठ्ठा १८ धुर र बिर्तामोडमा १ बिगाहा ४ कठ्ठा १.७५ धुर जग्गा करिव ७ करोड ५० रुपैयाँ मूल्य बराबरको रहेको प्रतिवेदनमा छ । 

संस्थाको कोष हिसाव ७ करोड ८५ लाख ९८ हजार ७४१ रुपैयाँ ६५ पैसा, निक्षेप १९ करोड ९१ लाख ७८ हजार २३० रुपैयाँ ६१ पैसा र कर्जा लगानी १८ करोड ४५ लाख ८१ हजार १५५ रुपैयाँ ६२ पैसा रहेको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ ।