हल्दिबारी । 

कचनाकवल गाउँपालिकाले राष्ट्रिय भाक्का दिवसमा सार्वजनिक बिदा दिने भएको छ । पालिकाले आगामी पुस २९ गते राष्ट्रिय भाक्का दिवस भएकाले बिदा दिने निर्णय गरेको जनाएको छ । 

पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत केशव मैनालीले बुधवार सूचना जारी गर्दै राष्ट्रिय भाक्का दिवसमा स्थानीय बिदा दिएको जनाएका हुन् ।  

जारी सूचनामा भनिएको छ ‘कचनाकवल गाउँपालिकाका क्षेत्रभरीका शैक्षिक संस्था, स्वास्थ्य संस्था, वडा कार्यालयलगायत सवै सरकारी कार्यालयहरु आगामी पुस २९ गते बन्द रहनेछन् ।’