हल्दीबारी ।
झापाको हल्दीबारी गाउँपालिकाले पनि राष्ट्रिय भाक्का दिवसमा सार्वजनिक बिदा दिएको छ । आगामी पुस २९ गते कोच राजवंशी समुदायको लोकप्रिय चाँड राष्ट्रिय भाक्का दिवस परेकोले सार्वजनिक बिदा दिइएको बिहीवार एक सूना जारी गरी जानकारी दिएको हो ।
बिहीवार बसेको कार्यपालिकाको बैठकले भाक्का दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेको हल्दीबारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र) जानकारी दिए ।
उक्त दिन हल्दीबारी गाउँपालिकाको कार्यालय, अन्तर्गतका वडा कार्यालय, स्वास्थ्य संस्था (आकस्मिक सेवा वाहेक) र सबै विद्यालयहरुमा स्थानीय सार्वजनिक विदा दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत महेन्द्रद्धारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।
बुधबार कचनाकवल गाउँपालिाकाले पनि एक सूचना जारी गर्ने पुस २९ गते स्थानीय सार्वजनिक बिदा दिएको थियो ।


















