सुरुङ्गा ।
झापाको कनकाई नगरपालिकाले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको छ । नेपालको एकीकरण गर्ने पृथ्वीनारायण शाहको सम्झना गरिँदैछ यो दिवस मनाइने गरिन्छ । तत्कालीन बाइसे–चौबीसे राज्यलाई समेटी एकीकृत नेपाल निर्माण गरेको श्रेय उनलाई छ।
गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा १७७९ पुस २७ गते पृथ्वीनारायणको जन्म भएको थियो। टुक्रे राज्यलाई समेट्ने क्रममा १८२५ मा इन्द्रजात्राका दिन आक्रमण गरी उनको फौजले काठमाडौंमाथि विजय प्राप्त गरेको थियो।
नगरले गत वर्ष मात्रै पूर्व पश्चिम राजमार्ग अन्तर्गत नगरपालिका प्रवेश द्वारमा निर्माण गरिएको पृथ्वीनारायण शाहको सालिकमा झन्डोतलन, नगर प्रहरी, सुरक्षागार्डबाट सलामी अर्पणसहित पुस्पगुच्छाद्वारा माल्यार्पण गरि पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको थियो । कार्यक्रममा कार्यवाहक नगरप्रमुख तथा वडा न १ का वडाध्यक्ष सुशिलकुमार पोखरेलले तत्कालीन बाइसे–चौबीसे राज्यलाई समेटी एकीकृत नेपाल निर्माण गर्ने महान व्यक्ति पृथ्वीनारायण शाहको योगदानले आज हामी नेपाली भनेर गौरव गर्न सकेको धारणा राखेका छन् ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रतिनिधि, कार्यपालिका सदस्य, सबै वडाका प्रतिनिधि मुलक वडा सदस्य, नगर कर्मचारी, सघ सस्थाका प्रतिनिधि, नगर प्रहरी, सुरक्षागार्ड लगायतको उपस्थिति रहेको वडा न १ का वडासदस्य हरिकुमार राईले जानकारी दिए । कार्यवाहक नगरप्रमुख तथा वडा न १ का वडा अध्यक्ष सुसिलकुमार पोखरेलको अध्यक्षतामा आयोजित कार्यक्रमको स्वागत तथा औचित्यमाथि प्रकाश कार्यपालिका सदस्य नवलकिश्वर दत्तले पारेको कार्यक्रमको सञ्चालन वडा न १ की वडा सदस्य निर्मला खड्का र कर्मचारी लक्ष्मीप्रसाद अधिकारीले संयुक्त रुपमा गरेका थिए ।
पृथ्वीनारायण शाहले नै एकीकृत नेपालको राजधानी काठमाडौंलाई बनाएका थिए । । उनले शुरू गरेको एकीकरण अभियान छोरा बहादुर शाहको पालासम्म बढ्दै गएर नेपालको सिमाना पूर्वमा टिष्टा नदी, दक्षिणमा मगध र पश्चिममा सतलज नदीसम्म विस्तार भएको थियो। पछि नेपाल–अंग्रेज युद्धका क्रममा नेपाल अहिलेको क्षेत्रफलमा समेटिन पुगेको थियो । ‘नेपाल दुई ढुंगाबीचको तरुल हो’, ‘घूस लिने र दिने देशका महाशत्रु हुन्’, लगायत पृथ्वीनारायण शाहका कैयौँ उद्गार आज पनि सान्दर्भिक मानिन्छन् १८२५ माघे संक्रान्तिमा नुवाकोटको देवीघाट भन्ने स्थानमा ५२ वर्षको उमेरमा उनको निधन भएको थियो।
- सुर्तीजन्य पदार्थ सेवन र प्रयोगमा रोक लगाएको भन्दै कनकाईलाई सम्मान गरिदै
पृथ्वीजयन्ती तथा एकता दिवसका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ। यता कनकाई नगरपालिकाले गत श्रावण १ गतेबाट नगर भरी सुर्तीजन्य पदार्थ सेवन र प्रयोगमा रोक लगाएकोमा स्वागत गर्दै हट–फाउन्डेसन नेपालले नगरलाई आज नै सम्मान गर्ने भएको छ।
उक्त कार्यको प्रसंसा गर्दै नगरपालिका लाई सम्मान गर्ने भएपछि सम्मान पत्र ग्रहणका लागी नगर प्रमुख राजेन्द्रकुमार पोखरेलसहितको टोलि आज संघीय राजनीति काठमाडौ पुगेको कर्मचारी विजय पाठकले जानकारी दिए।


















