• रन्जित परियार 

बुट्टाबारी । 

झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ११ स्थित महारानीगञ्ज माध्यमिक  बिद्यालय सालबारीले ६६ औ बार्षिकोत्सवको अवसर पारेर  माबि नगर स्तरीय फुटबल नकआउट प्रतियोगिता गर्ने भएको छ । खेलाडी उत्पादन तथा खेलको प्रवर्धन गर्ने उदेश्यले बार्षिक रुपमा नगरस्तरिय फुटबल प्रतियोगिता गर्न लागिएको प्रधानाध्यापक मनबहादुर लिम्बुले जानकारी दिए । 

शनिवार भएको पत्रकार सम्मेलनमा विद्यार्थीहरुको शारीरिक बिकास र भोलिको देशको कुसल खेलाडी उत्पादन गर्न, खेलबाट पनि जीवन यापन गर्न पनि सकिने भएकाले बिद्यालयहरुले यस्ता गतिविधिमा जोड दिनु पर्ने लिम्बुले बताएका छन् । 

प्रतियोगिताको  माघ २ गते प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले उद्घाटन गर्नेछिन् । उपसभामुख रानाको प्रमुख आतिथ्यमा अर्जुनधारा नगरका आठ ओटा माध्यमिक बिद्यालयहरु सहभागी हुने र कार्यक्रमको सम्पूर्ण खर्च ब्यवस्थापनका लागि अमेरिकामा बस्दै आएका सामाजिक ब्याक्तित्व अरुणकुमार डाँगी र उनका भाई भक्त डाँगीले स्वर्गीय पिता कृष्णप्रसाद डाँगीको स्मृतिमा हुने प्रतियोगिताका लागि एक लाख सहयोग गर्ने भएका छन् । 

प्रतियोगितामा प्रथम र दोस्रो बिजय टिपलाई क्रमश नगद २० र १० हजार रुपैयाँसहित ट्र्फि प्रमाणपत्र  प्रदान गरिने सहजकर्ता शिक्षक एवम् राष्ट्रिय रेफ्री प्रदीप बस्नेतले बताए । प्रतियोतिा माघ १५ गते समापन हुनेछ । 

शिक्षा र खेलकुद एउटा सिक्काको दुई पाटो भएझै विभिन्न प्राबिधिक बिषयमा बिद्यालय सञ्चालन भए जस्तै फुटबल पनि एउटा प्राबिधि बिषय भएकोले बिद्यालयले सुरुवात गरेपनि यसको निरन्तरताका लागि स्थानीय सरकार र दाताहरूले सहयोग गर्नु पर्ने प्रमुख आतिथि झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मगर (मामा) ले बताए । कार्यक्रम पिटिए अध्यक्ष सूर्यप्रसाद भट्टराईको अध्यक्षतामा सन्चालन भएको थियो ।